मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

तारा एयरको पोखरा–जोमसोम उडान एक हप्ताका लागि स्थगित

तारा एयरको पोखरा–जोमसोम उडान एक हप्ताका लागि स्थगित


काठमाडौँ । यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले पोखरा–जोमसोम उडान एक हप्ताका लागि स्थगित भएको जनाएको छ ।
 
एयरलाइन्सले आज एक विज्ञप्ति जारी गरी जेठ २० गतेदेखि २७ गतेसम्मका लागि पोखरा–जोमसोम–पोखराका नियमित उडान स्थगित गर्ने निर्णय गरेको हो ।
 
यती एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले तारा एयरले विशेष कारणबस पोखरा–मुस्ताङको टिकट बन्द गर्ने निर्णय गरेको जानकारी दिए ।
 
यस्तै, यती एयरलाइन्सका बिहीबारका लागि काठमाडौँबाट पाँच र नेपालगञ्जबाट हुने पाँच उडान रद्द भएका छन् । उडान गन्तव्यमा हुने मौसम राम्रै भए पनि इनरूटको मौसम दिने मौसम विभागले जानकारी दिन नसक्दा आजका सबै उडान रद्द भएको प्रवक्ता बर्तौलाले बताए ।
 
चार दिन पहिला पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा दुर्घटना भएको थियो । दुर्घटनामा चालकदलका सदस्यसहित विमानमा सवार सबै २२ जनाको निधन भएको थियो । रासस