मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

जेठ १ गतेदेखि बैंक तथा वित्तीय संस्थाहरु पनि आइतबार बिदा हुने

जेठ १ गतेदेखि बैंक तथा वित्तीय संस्थाहरु पनि आइतबार बिदा हुने


काठमाडौँ । नेपाल राष्ट्रबैंकले जेठ १ गतेदेखि बैंक तथा वित्तीय संस्थाहरुसमेत शनिबार र आइतबार दुई दिन बिदा हुने जनाएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु, पूर्वाधार विकास बैंक, नेपाल क्लियरिङ हाउस लिमिटेडलाई परिपत्र गर्दै १ जेठदेखि लागू हुने गरी प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा हुने राष्ट्र बैंकले जनाएको छ ।
 
राष्ट्र बैंकले सोमबारदेखि शुक्रबारसम्म कार्यालयसमय बिहान ९ः३० बजेदेखि अपरान्ह ५ः३० बजेसम्म हुने गरी तय गरेको छ । तर, कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९ः३० बजेदेखि अपरान्ह ४ः३० बजेसम्म हुने राष्ट्र बैंकले जारी गरेको सूचनामा जनाइएको छ ।
 
यस्तै, ०७९ सालको लागि निर्धारण गरिएको दसैँ र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि अत्यावश्यकीय बैंकिङ्ग सेवालाई नियमित गर्न आवश्यकताअनुसार कर्मचारी खटाई आवश्यक सेवा, राजस्व कारोवार गर्ने शाखा र काउन्टरहरु एवम् बैंकका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेड खुला गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ ।
 
इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट सेवाग्राहीले एकै दिनमा पाउने सेवाको लागि थप अर्को साता कार्यालय आउनुपर्ने अवस्था सिर्जना हुन नदिने सुनिश्चितता गरी कार्य व्यवस्थापन गर्ने राष्ट्र बैंकले जनाएको छ ।