मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

एभरेष्ट रियल्टीको वार्षिक पुरस्कार वितरण : निलम रिजाललाई सर्वोत्कृट उपाधि !

एभरेष्ट रियल्टीको वार्षिक पुरस्कार वितरण : निलम रिजाललाई सर्वोत्कृट उपाधि !


क्यानाडा । नेपालीहरुको लगानी र व्यवस्थापनमा सञ्चालित क्यानाडाको पहिलो रियल स्टेट ब्रोकरेज कम्पनी (एभरेष्ट रियल्टी) को पाँचौँ वार्षिक पुरस्कार वितरण समारोह एक समारोहबीच सम्पन्न भएको छ। 
 
गत शनिबार अप्रिल २ मा अन्टारियोको दक्षिण पश्चिमी सहर चाटम–केन्टमा एक भव्य कार्यक्रमकाबीच सम्पन्न भएको पुरस्कार वितरण समारोहमा सन् २०२१ सालभर उत्कृष्ट कार्य गर्ने एभरेष्ट रियल्टीका रियल्टरहरुलाई कम्पनीको तर्फबाट विशेष उपाधि प्रदान गर्नुका साथै नगद तथा अन्य विभिन्न पुरस्कारले सम्मानित गरिएको थियो।
 
कार्यक्रमको सुरुवातमा घर–जग्गा खरिद बिक्रीको क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव भएका ‘ब्रोकर अफ रेकर्ड’ ले सम्मानित मदन केसी (माइक केसी) ले नेपाली समुदायका सम्मानित व्यक्तित्व द्रोण रसाइली, चित्र प्रधान, घनश्याम भण्डारी, अमित शर्मा र ज्योति वैद्यलाई  ‘एभरेष्ट अडभाइजरी टिम अवार्ड’ले सम्मानित गरेका थिए ।  
 
एभरेष्ट रियल्टरअन्तर्गत कार्यरत सम्पूर्ण सेल्स एजेन्टहरुमध्ये सबैभन्दा बढी कारोबार गर्ने र वर्षभरिमा सात लाख पचास हजारभन्दा माथिको व्यक्तिगत आम्दानी गर्न सफल रियल्टरलाई प्रदान गरिने  ‘एभरेष्ट प्रेसिडेन्ट अवार्ड २०२१’ को सर्वोकृष्ट उपाधि यसपटक रियल्टर निलम रिजालले जित्न सफल भएकी छ्न्। 
 
पुरस्कार वितरण समारोहमा सर्वाधिक चासो र कौतुहलको विषय बनेको सबैभन्दा महत्त्व र शीर्ष स्थानको अवार्ड  ‘एभरेष्ट प्रेसिडेन्ट अवार्ड २०२१’ को लागि रियल्टर निलम रिजालको नाम घोषणा हुँदा कार्यक्रममा सहभागी सबैले निकै बेरसम्म ताली बजाएर उनलाई सम्मान गरेका थिए। उनलाई संस्थाका संथापक तथा रेकर्ड अफ ब्रोकर मदन केसीले एक हजार पाँच सय नगद पुरस्कारसहित प्रमाणपत्र र पदक प्रदान गरेका थिए ।  
 
त्यसैगरी वर्षमा तीनदेखि पाँच लाखसम्मको आम्दानी गर्न सफल हुने रियल्टरलाई प्रदान गरिने एभरेष्ट गोल्ड अवार्ड २०२१ भने जस्टिन सिओले हात पारेका छ्न्। उनले पनि पुरस्कार स्वरुप नगद एक हजारसहित पदक र प्रमाणपत्र प्राप्त पारे। 
 
आम्दानीको हिसाबले वर्षभरिमा दुई देखि तीन लाखसम्मको कमाई गर्ने रियल्टरलाई प्रदान गरिने एभरेष्ट सिल्भर अवार्ड २०२१ पुष्प थापा र लोक दोरङ्गाले प्राप्त गरेका छ्न्। उनीहरु दुवैले पदक र प्रमाणपत्रका साथै नगद पुरस्कार पाँच सय प्राप्त गरे।
 
रियल्टर गोविन्द खत्री, सरिता श्रेष्ठ, एरिक गिरी, बलराम काफ्ले र खेमराज खनाल एभरेष्ट ब्रोन्ज अवार्ड २०२१ द्वारा सम्मानित भएका छन्। 
 
त्यसैगरी टोरोन्टोको रियल स्टेट मार्केटमा निकै कहलिएका बाबु कँडेल एभरेष्ट पार्टनर अवार्ड २०२१ बाट सम्मानित भएका छ्न्। भावना भण्डारी एभरेष्ट ब्राण्ड एम्ब्यासडर अवार्डबाट सम्मानित भइन् भने एभरेष्ट इम्प्लोई अफ द एयर अवार्ड २०२१ बाट रन्जित जिसीले प्राप्त गर्न सफल भए। 
 
एभरेष्ट वेलकम क्लब २०२१ ले सम्मानित हुनेहरुमा क्रमशः क्यास तिम्सिना, पिताम्बर भट्टराई, दया न्यौपाने त्रिपाठी, हसनप्रित सिंह सिधु, तेन्जिन मोनलाम र हेम आचार्य रहेका छन्। 
 
ूएभरेष्ट नोभाइस क्लब अवार्ड २०२१ को उपाधि राजी हसन, बलजित कौर जुनेजा, पूजा श्रेष्ठ, राजीव भाटिया, जे। बिर्दी, उर्मिला तामाङ, साम ग्रेवाल, अमरदिपसिंह ढिलोन, नोबलसिंह ढिलोनले हात पारेका छ्न्। 
 
ूएभरेष्ट ब्राइटर क्लब अवार्ड २०२१ू तर्फ राजन तामाङ, गगन माभी, ढाका तिवारी, मनोज बिष्ट, शशि थापा, हर्लिन कौर, हितुपदेस, इण्डीसिंह जुनेजा, शान्ता रानाभाट पुरस्कृत भएका छ्न्। 
 
ूएभरेष्ट ब्रान्च मेनेजर अवार्ड २०२१ू को पुरस्कार हर्बक्स सिंह जुनेजाले सुरक्षित गरे भने ूएभरेष्ट राईजिङ स्टार क्लब अवार्ड २०२१ू को अवार्ड प्रितम त्रिपाठी, आशीर्वाद सुबेदी, राम मरहट्टा, तारा बस्नेत, हुम गैरे, पर्शु श्रेष्ठले प्राप्त गरेका छ्न्। 
 
कार्यक्रमको मुख्य आकर्षण बनेकी नेपालदेसख आएकी गायिका कला लम्साललाई एभरेष्ट पर्फमर अवार्ड २०२१ ले सम्मानित गरिएको थियो। कार्यक्रमलाई सभ्य र भब्य बनाउन सहयोग पुर्याउने सम्पूर्ण कलाकार तथा स्वयंसेवकहरुलाई कार्यक्रमको दौरान एभरेष्ट रियल्टीका संस्थापक तथा ब्रोकर अफ रेकर्ड मदन खत्री (माइक केसी) र वहाँको धर्मपत्नी रामकुमारी केसीले संयुक्त रुपमा सम्मानित गरेका थिए । 
 
पुरस्कार बितरण कार्यक्रमकै लागि भनेर नेपालबाट आएकी चर्चित गायिका कला लम्सालको विशेष सांगीतिक प्रस्तुतिले कार्यक्रममा सहभागी सबैलाई छमछ्मी नचाएको थियो। उक्त सास्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरुले पनि नृत्य तथा गायन प्रस्तुत गरेर सहभागीहरुलाई भरपूर मनोरञ्जन गराएका थिए।
 
कार्यक्रममा एभरेष्ट कन्भेन्सन सेन्टरका डाईरेक्टर दिवेश रेग्मीले कन्भेन्सन सेन्टरसंग सम्बन्धित विषयमा र हाक्का खजाना रेस्टुरेन्टको तर्फबाट रेस्टुरेन्टका डाईरेक्टर बिन्दु श्रेष्ठले हाक्का खजाना रेस्टुरेन्टको बारेमा प्रकाश पार्नु भएको थियो। त्यसैगरी एभरेष्ट रियल्टीको आस्था फार्म ल्याण्डू र त्यो प्रोजेक्टको सम्बन्धमा प्रोजेक्टका आई.टि. कन्सल्टेन्ट तथा प्रोजेक्ट लिड किसन श्रेष्ठले विशेष प्रस्तुति गरेका थिए ।  
 
सन् २०१७ मा नेपालीहरुको लगानी र व्इवस्थापनमा सञ्चालित पहिलो रियल स्टेट ‘एभरेष्ट ब्रोकरेज कम्पनी’ ले छोटो समयमा हाँसिल गरेको यो उपलब्धिले क्यानडामा घर–जग्गा खरिद बिक्रीको क्षेत्रमा नेपालीहरुको अलग्गै पहिचान बनाउन सफल भएकोमा संस्थाका संथापक मदन केसीले खुशी व्इक्त गर्नुका साथै कम्पनीलाई सफलताको शिखरमा पुर्‍याउन साथ र सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका थिए ।  
 
पुरस्कार वितरण समारोहमा जिटिए क्षेत्र टोरोन्टो, मिसिसागा र ब्राम्ट्न क्षेत्रका नेपालीहरुको उल्लेख्य रुपमा सहभागिता रहेको थियो। ७४ जना नेपाली लगानीकर्ताहरुको संयुक्त लगानीमा हालसालै खरिद गरिएको ७२ एकड जमिन रहेको ‘एभरेष्ट आस्था फार्म’ को स्थलगत भ्रमण पनि गराइएको थियो।
 
एभरेष्ट रियल्टीका व्इवस्थापक अनिल थापाका अनुसार कम्पनीमा हाल विभिन्न समुदायका ४३ जना रियल स्टेट एजेन्टहरु कार्यरत रहेका छन् र आगामी वर्षमा क्यानाडाको थप अन्य शहरहरुमा पनि सेवा बिस्तार गर्ने र हाल प्रदान गर्दै आएको सेवा र सुबिधाको गुणस्तरीयतालाई अझ बढी प्रभावकारी बनाउने कम्पनीको लक्ष्य रहेको छ।