मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस विज्ञप्ती / सूचना पाटी   

कोलोराडोमा होली खेलिने

कोलोराडोमा होली खेलिने

शेयर गर्नुहोस:

270
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो (अमेरीका)- कोलोराडो निवासी नेपालीहरुले बसन्त ऋतुको आगमन संगै आपसी मेलमीलाप र सद्भावको रुपमा मनाईने होली कार्यक्रम आयोजना गर्ने भएका छन् ।

नेपालीहरुको साझा संस्था नेपाली घरले सधैं झैं यस बर्षपनि  आगामी मार्च २० तारिक आइतबारका दिन दिउसो १२ बजे देखी ३ बजे सम्म ब्राईटन स्थित सनातन हिन्दु मन्दिरमा होली कार्यक्रम आयोजना गरिन लागीएको अध्यक्ष जगदिशचन्द्र ढकालले बताएका हुन् ।  

अध्यक्ष ढकालले कोलोराडो स्थित सबै संस्थाका प्रतिनीधी, गन्यमान्य, बुद्धीजिवी, ब्यवसायी, समाजसेबी, पत्रकार, सर्वसाधारण बुबा आमा, दाजुभाई, दिदी बहिनी तथा नेपाल र नेपालीको संस्कृती प्रती आस्था र चासो राख्ने स्थानीय सबैलाई कार्यक्रममा उपस्थित भई एक आपसमा होली खेली नेपाली धर्म संस्कृतीको सरक्षण र पहिचाहन गराउने कार्यक्रमलाई सहयोग गर्न अनुरोध गरेका छन् ।

असत्य माथी सत्यको र अधर्म माथी धर्मको विजय प्रतिकको रुपमा मनाईने होली नेपालमा फागुन शुक्ल अष्टमीको दिन बसन्तपुर स्थित गद्धिबैठक अगाडी रङ्गी चङ्गी पारेर सिंगारी गाडीएको चिरमा पुजा गरेपछि बिधीबत रुपमा सुरु भएको मानिन्छ ।

नेपालको पाहाडी क्षेत्रमा फागु पुर्णिमाको दिन र मधेसमा त्यसको भोलीपल्ट होली खेल्ने चलन रहेको छ । होली नेपाल संगै भारत, पाकिस्थान, जापान, थाईल्याण्ड, अष्टेलिया, ईङल्याण्ड, अमेरिका लगाएतका देशहरुमा भब्यताका साथ मनाईन्छ । तर परदेशमा होलीकै दिन बिदा नपर्ने हुनाले होली अगाडी वा पछाडीको सनीबार आईतबार पारेर मनाउने चलन रहेको छ ।  

दैत्यराज हिरण्यकश्यपुले बिष्णु भक्त आफ्ना पुत्र प्रलादलाई मार्ने उद्धेश्यले ब्रम्माबाट आगोले छुन नसक्ने बरदान पाएकी आफ्नी बहिनी होलीकालाई प्रलादका साथ दन्किरहेको आगोमा बस्न लगाउंदा आगोले होलीका आफै भष्म भएको, तर भक्त प्रलादलाई केही नभएकोले त्यही बेला देखि शक्तिको दुरुपयोग गर्ने पापिनी होलीका मारिएको खुसीयालीमा होली खोल्ने चलन चलेको हिन्दु सास्त्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी द्धापर यूगमा श्रीकृष्ण भगवानलाई मार्न कंश द्धारा पठाईएकी राक्षसनी पुतनाले आफ्नो स्तनमा बिष लगाएर कृष्णलाई दुध चुसाउंदा कृष्ण मर्नुको सट्टा पुतना आफै मरेकोले त्यस खुसीको उपलक्ष्यमा बज्रबासीले फागु मनाउन थालेको जनश्रुती रहेको छ ।