मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

मूल्य वृद्धि नियन्त्रणमा प्रतिबद्ध छौँ : मन्त्री भुसाल

मूल्य वृद्धि नियन्त्रणमा प्रतिबद्ध छौँ : मन्त्री भुसाल


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मूल्य वृद्धि नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् । 
 
गोदावरी नगरपालिकाको छैटौँ स्थापना दिवस एवं नवनिर्मित प्रशासनिक भवन उदघाटनका क्रममा आज यहाँ आयोजित कार्यक्रममा उनले महङ्गीले दैनिक भान्छा चलाउन कठिनाई भएको प्रसङ्ग उल्लेख गर्दै यसको नियन्त्रण आवश्यक रहेको बताइन् । 
 
सो नगरपालिकाले गएको पाँच वर्ष राम्रोसँग काम गरेको उनको भनाइ थियो । सांसद नवराज सिलवालले सो क्षेत्र विकास निर्माणका हिसाबले काठमाडौँ उपत्यकाको कर्णालीका रुपमा रहेको बताउँदै सरकारले उक्त ठाउँका लागि केही लगानी बढाउनुपर्ने बताए । 
 
नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले भौगोलिक रुपमा सो नगरपालिका उपत्यकाको ठूलो रहेको जानकारी गराए । सो क्षेत्र भित्रिने सातदोबाटो–चापागाउँका साथै सातदोबाटो–हरिसिद्धिको सडकसमेत २२ मिटर विस्तारका लागि सम्बन्धित व्यक्तिलाई यथाशीघ्र मुआब्जा उपलब्ध गराइदिन सरकार प्रमुखसँग आग्रह गरे ।  
 
उपप्रमुख मुना अधिकारीले अब आफूहरुले एकै भवनबाट सबै सेवा दिन सफल भएकोमा खुसी व्यक्त गरे । उक्त कार्यक्रममा १४ वडाध्यक्षलगायत कार्यापालिका सदस्य र कर्मचारीलाई सम्मान गरिएको थियो ।  
 
सात तले अत्याधुनिक साथै मौलिक तथा कलात्मक ढङ्गले निर्माण सम्पन्न भएको सो भवन वज्रवाराही माविले उपलब्ध गराएको जमिनमा बनेको छ । भवन निर्माणका लागि हालसम्म लगभग रु २५ करोड रकम खर्च भइसकेको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले बताए । रासस

शेयर गर्नुहोस:

135
Shares