मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

आफूले कसैको हत्या नगरेको ‘पेरिस आक्रमण आरोपित’को दाबी

आफूले कसैको हत्या नगरेको ‘पेरिस आक्रमण आरोपित’को दाबी


पेरिस । सन् २०१५ को नोभेम्बरमा पेरिसलाई हल्लाइएको आतङ्ककारी हमलापछि पनि जीवित रहेका भनिएका एक मात्र आक्रमणकारीले बुधबार आफूले कसैको हत्या नगरेको बताएका छन् ।
 
अदालती सुनुवाईमा पहिलो पटक बोल्दै उनले भने, “मैले कसैको हत्या गरेको छैन, कसैलाई पनि चोट पु¥याएको छैन ।” जिहादी नरसंहारको मुद्दामा जेलमा रहेका उनले पहिलो पटक आफ्नो भनाई राख्दै उक्त अडान लिएका हुन् ।
 
फ्रान्सेली भूमिमा भएको सबैभन्दा भयावह भनिएको उक्त आतङ्ककारी हमलामा १३० जनाको मृत्यु भएको अत्याचारबारे प्रश्न सोध्नुअघि सलाह अब्देसलामले अचानक भक्कानिँदै अदालतमा वयान दिए, “मैले यस मुद्दामा भनिएजस्तो कसैलाई चोट पुर्‍याएको छैन । कुनै दागसमेत पारेको छैन ।” 
 
बत्तीस वर्षीय अब्देसलामले आफू इस्लामिक स्टेट समूहको सदस्य भएको आफ्नो दाबीलाई दोहो¥याए । आफूलाई सम्भावित आजीवन सजाय दिएर अदालतले उनीबारे ‘उदाहरण बनाउन’ खोजेकोेमा अदालतले गल्ती गरिरहेको उनले बताए ।
 
वयान अनुसार उनले आक्रमणको क्रममा मारिएका सबैको टोलीबाट आफूलाई टाढा राख्ने प्रयास गरे । उनले अन्तिम क्षणमा आफ्नो मनोगत परिवर्तन भएको जनाएको देखिन्छ ।
 
उनले भने, “भविष्यमा कसैले ५० किलोग्राम विस्फोटक पदार्थले भरिएको सुटकेस भएको मेट्रो वा बसमा चढ्दा र अन्तिम क्षणमा ‘म यो काम गर्दिनँ’ भन्ने निर्णय गर्दा उसले थाहा पाउनेछ कि सक्दैन, किनभने अन्यथा उसलाई थुनिनेछ वा मारिनेछ ।
 
हत्याकाण्डका पछाडि रहेका मानिसहरूको खोजी गरेको महिनौंपछि भेट्टाए अब्देसलाम पक्राउ परेको तर मार्च २०१६ मा बेल्जियममा गिरफ्तार भएदेखि अनुसन्धानकर्ताहरूका प्रश्नहरूको जवाफ दिन धेरै हदसम्म उनले अस्वीकार गरेका छन् ।
 
तर उनले आफ्नो आत्मघाती पहिरनलाई फालेर रक्तपातपछिको आतङ्कित अवस्थामा फ्रान्सको राजधानीबाट भागेको दाबी गरेका छन् । फ्रान्सबाट उनी हुर्केको ब्रसेल्सको मोलेनबेकतर्फ फर्केको र प्रहरीले आफूलाई पक्रिएको उनले बताएका छन् । 
 
आक्रमणकारी भनिएका अब्देसलामको यो भनाइसँगै सुनुवायी प्रक्रिया नयाँ चरणमा प्रवेश गरेको छ । रासस