मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

स्काउट गाइड फेलोसिपको अधिवेशन ललितपुरमा गर्ने प्रस्ताव

स्काउट गाइड फेलोसिपको अधिवेशन ललितपुरमा गर्ने प्रस्ताव


भरतपुर । नेपाल स्काउट एण्ड गाइड फेलोसिपका सभापति एवं लक्जम्बरका अवैतनिक वाणिज्य दूत श्रीराम लामिछानेको अध्यक्षतामा बसेको बैठकले संस्थाको राष्ट्रिय अधिवेशन फागुन २० र २१ गते ललितपुरमा गर्ने प्रस्ताव गरेको छ ।  
 
सो अधिवेशनका लागि हिमालयन इङ्लिस बोर्डिङ स्कुलका प्राचार्य पशुपति शर्मा उपाध्याय, मुनलाइट इङ्लिस बोर्डिङ स्कुलका प्राचार्य चित्रबहादुर रायमाझी, काठमाडौँका सानुकाजी खड्गी र प्राचार्य अम्बर पराजुलीले आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।  
 
बैठकले निर्वाचन नभएसम्मका लागि प्राचार्य बैकुण्ठ मरहठ्ठालाई चितवन र अन्य जिल्लासँग समन्वय गर्ने गरी सचिवको जिम्मेवारी दिइएको छ ।  
 
यस्तै, संस्थाका उपसभापति तीर्थराज न्यौपानेलाई अधिधवेशनका लागि विभिन्न जिल्लाका फेलोसिपका पदाधिकारीहरुसँग समन्वय गर्ने जिम्मेवारी प्रदान गरियो ।  
 
बैठकमा फेलोसिपका दिनेश पाण्डे, मुक्तिनाथ ढकाल, लक्ष्मी भट्ट, जमुना शर्मा, कविन घिमिरे बुद्धि गुरूङ, वसन्त शर्मालगायत २५ जना पदाधिकारीले अधिवेशन सभ्य र भव्यरूपमा सम्पन्न गर्नका लागि आआफ्ना रायसुझाव प्रस्तुत गरेका थिए ।