मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

क्यानाडाको राजधानी ओटावामा सङ्कटकाल घोषणा

क्यानाडाको राजधानी ओटावामा सङ्कटकाल घोषणा


मोन्ट्रेल । क्यानाडाको राजधानी ओटावामा सङ्कटकाल घोषणा गरिएको छ । ट्रक चालकहरुको आन्दोलन अनियन्त्रित र हिंसात्मक बन्दै गएको भन्दै स्थानीय सरकारले संकटकालको घोषणा गरेको हो ।
 
कोरोना भाइरसविरुद्धको खोप लगाउनुपर्ने लगायतका कतिपय प्रतिबन्धात्मक व्यवस्थाका विरुद्धमा ट्रक चालकहरुले केही दिनदेखि राजधानीकेन्द्रित आन्दोलन गर्दै आएका छन् ।  
 
ओटावाका नगरप्रमुख जीम वाट्सनले राजधानी सहर नियन्त्रणबाहिर गएकाले नियन्त्रणमा राख्नका लागि संकटकाल घोषणा गरिएको जानकारी दिएका छन् ।  
 
आन्दोलनकारी ट्रक चालकहरुले निरन्तर हर्न र साइरन बजाउने र पटाका पड्काउनेलगायतका क्रियाकलाप गरेर सहरवासीलाई आजित बनाएको उनले दाबी गरे । 
 
चालकहरुले सडकमा टेन्ट र गाडीहरू राखेर अवरोध सिर्जना गर्दा यातायात सेवा नै अस्तव्यस्त भएर नगरवासीलाई समस्या भएको छ । साथै आपतकालीन सेवासमेत अवरुद्ध भएको उनको भनाइ छ ।
 
उनले संकटकालको नियम नमान्ने र सहरमा अशान्ति मच्चाउनेलाई प्रहरीले गिरफ्तार गर्ने र कानुनी कारबाही गर्ने चेतावनी पनि दिएका छन् । एजेन्सी