मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

१२ करोडको राजस्व छलीमा चार जनाविरुद्ध मुद्दा

१२ करोडको राजस्व छलीमा चार जनाविरुद्ध मुद्दा


काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा विभिन्न चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 
 
विभागले राजस्व चुहावटसम्बन्धी मुद्दा दायर गरेकाहरूमा सुनसरी धरान उपमहानगरपालिका– १० का उत्तमकुमार ताम्राकार र सोही उपमहानगरपालिका–२ का चन्द्रेश्वरी ताम्राकार विरुद्ध मुद्दा दायर गरेको छ ।
 
यस्तै, सोही उपमहानगरपालिका–५ का अनुप ताम्राकार र वडा नं ६ का निर्मलकुमार ताम्राकारविरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा दायर गरिएको छ । 
 
उनीहरूमाथि बिना बिलबिजक, गैर कर बिजकबाट माल वस्तुको कारोबार गरी प्रचलित मूल्य अभिवृद्धिकर ऐन तथा आयकर ऐनविरुद्धको गतिविधि गरेको आरोप लागेको छ । 
 
विभागले उनीहरूविरुद्ध रु १२ करोड १९ लाख ४० हजार ६४३ बराबरको बिगो दाबी गरेको छ । विभागले यही २० माघमा मुद्दा दायर गरेको भए पनि आज प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको हो । रासस

शेयर गर्नुहोस:

513
Shares