मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

बारको आन्दोलनले न्यायालय शुद्धीकरण सुरुवात भएको छ : अध्यक्ष श्रेष्ठ

बारको आन्दोलनले न्यायालय शुद्धीकरण सुरुवात भएको छ : अध्यक्ष श्रेष्ठ


काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बारको आन्दोलनले न्यायालय शुद्धीकरणको सुरुवात भएको बताएका छन् । 
 
बारले न्यायालयको शुद्धीकरणको आन्दोलन सुरुको भएको १०० दिन पुगेको अवसरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी बारले आन्दोलन सुरु गरेपछि गोला प्रक्रियाबाट मुद्दाको सुनुवाइ हुने महत्त्वपूर्ण भएको बताए । 
     
न्यायालयमा गोलाप्रक्रियाबाट मुद्दाको पेसी तोक्नुपर्ने, न्यायालयमा भ्रष्टाचारको अन्त्य गर्नेपर्नेलगायत माग राख्दै बारले गत कात्तिक १४ गतेदेखि आन्दोलन गरेको थियो । कोभिड–१९ को महामारीका बेलामा पनि बारेले भर्चुअल रुपमा आन्दोलनलाई अगाडि बढाइरहेको छ ।
 
बारका अध्यक्ष श्रेष्ठले बारको आन्दोलनस्वरुप गोलाप्रक्रियाबाट मुद्दाको सुनुवाइ हुन सुरु भए पनि न्याय परिषद्, न्याय सेवा आयोगको बैठक बस्न नसक्दा न्यायालय अनिर्णयको बन्दी बन्दै गएको बताए । 
 
सर्वोच्च बारका अध्यक्ष डा पूर्णमान शाक्यले बारको आन्दोलन कुनै व्यक्तिलाई लक्षित गरेर नभएको उल्लेख गर्दै समग्र न्यायालयको सुधारका लागि भएको र भ्रष्टाचारलाई अन्त्य गरी न्यायाधीशहरूले न्याय सम्पादन ध्यान दिनुपर्नेमा जोड दिए । 
 
आन्दोलन न्यायपालिकाप्रतिको विश्वासमाथि उठाउनका लागि भएको र बारले न्यायालयको शुद्धीकरण नभएसम्म आन्दोलनलाई जारी राख्ने  बारले जनाएको छ । रासस