मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

वरिष्ठ लोक तथा दोहोरी गायक खनालको अर्को फरक शैलीको नयाँ गीत “एउटा ढुकुर उडिगयो” रिलिज

वरिष्ठ लोक तथा दोहोरी गायक खनालको अर्को फरक शैलीको नयाँ गीत “एउटा ढुकुर उडिगयो” रिलिज


नेपालबाट भर्खर अमेरिका फर्केका बरिस् लोक तथा दोहोरी गायक एवम् पत्रकार रामप्रसाद खनालले अमेरिकाबाट आफ्नो अर्को नयाँ र फरक शैलीको सेन्टिमेन्टल दोहोरी गीत “एउटा ढुकुर उडिगयो” युट्युबबाट संसारभर र नेपालमा जनता टेलिभिजनबाट एक साथ रिलिज  गरेका छन् ।
 
दोहोरी गीत लाने र ल्याउने मात्र हुँदैनन्, कथा र व्यथाका पनि बन्छन्, फरक शैलीका पनि बन्छन्, त्यही फरक शैलीको प्रयोग गरेको छु मैले यो गीत “एउटा ढुकुर उडिगयो” मा रामप्रसाद खनाल भन्छन् । खनालको आफ्नै शब्द र अभिनयमा आएको नयाँ गीतमा सुनिता बुढाले खनाललाई स्वरमा साथ दिएकी छिन भने अभिनयमा शोभा त्रिपाठीको मिठो साथ रहेको छ ।    
   
त्यसै गरी खनाललाई निर्मल शर्माले निर्देशन र अभिनयमा दुबैमा साथ दिएका छन् । थानेस्वर गौतमको सङ्गीत, कमल सरगमले सङ्गीत संयोजन गरेको यो गीत रामप्रसाद खनालको बाउन्नौँ एल्बममा समावेश भएको छ । राजु केसीको छायाङ्कन रहेको उक्त भिडियो गौतम राज खड्काले सम्पादन गरेका छन् ।       
 
अन्तर्राष्ट्रिय कलाकार मञ्चलाई अमेरिकाबाट लिड गरेका संस्थापक अध्यक्ष खनाल गीतहरूमा मौलिक पन दिने परिचय बनाएका कलाकार हुन । यो गीतमा पनि फरक शैली र प्रयोग गर्न खोजेका छन् । नेपाली लोक गीत, दोहोरी गीत, आधुनिक, राष्ट्रिय गीतहरू लगायतका सबै खाले गीतहरू रचना गरेका, गाएका अग्रज गायक खनालको यो गीत मात्र होइन उनले गाएका हरेक गीतमा समाज झल्किएको देखिन्छ ।       
 
खनाल भन्छन् – “म भाइरल वा चर्चित हुन कहिल्यै गीत गाएको पनि छैन र गाउने पनि छैन । म एउटा लोक गायक, दोहोरी गायक हुँ त्यसैले मैले लेख्ने, गाउने, अभिनय गर्ने कुनै पनि गीत वा सिर्जनामा मैले लोकको इज्जत र सम्मान गर्नुपर्छ। म त भन्छु लोकका कलाकार हुँ भन्ने हामीले गाउने अभिनय गर्ने कुरामा मात्र होइन लाउने, खाने, बोल्ने हर कुरामा लोकको सम्मान हुने गरी सोच्नु पर्छ, व्यवहार गर्नुपर्छ।     
  
हरेक परिवारले हजुर बा,हजुर आमा,बा,आमा, परिवार सबै जना सँगै बसेर हाम्रा गीत सुन्न हेर्न सक्ने खालका हुनुपर्छ नत्र हामी के को लोक गायक ? के को कलाकार ?” स्मरण रहोस् अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष समेत रहेका खनालले हाल सम्म एक हजार दुई सय भन्दा बढी लोक, दोहोरी, आधुनिक, राष्ट्रिय, भजन, तीज लगायतका सबै जसो विधाका गीत गाइसकेका छन् भने बाउन्न वटा गीति एल्बम प्रकाशित गरिसकेका छन्।       
 
छापा पत्रकारितादेखी रेडियो, टेलिभिजन,अनलाइन पत्रकारिता सम्म पोख्त खनालका पन्ध्र सय भन्दा बढी कविता, गजल, मुक्तक र विभिन्न १८ वटा पुस्तक प्रकाशित छन्। खनालले यस पटक गाएका सात गीत मध्ये बाँकी गीत क्रमशः रिलिज गर्दै जाने बताएका छन्।
 
खनालले एक महिना यता रिलिज गरेको यो उनको तेस्रो गीत हो । गत हप्ता मात्र अमेरिका फर्किएका खनालले आफ्नो दुई महिनाको नेपाल बसाइमा सात फरक फरक विधाका गीत रेकर्ड गराएका थिए । खनालको भर्खरै रिलिज भएको “एउटा ढुकुर उडिगयो” गीत युट्युबमा यो लिङ्कमा  हेर्न सक्नुहुन्छ ।