मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा एकैदिन थप साढे तीन लाख सङ्क्रमित

भारतमा एकैदिन थप साढे तीन लाख सङ्क्रमित


नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट एकैदिनमा थप झण्डै साढे तीन लाख मानिस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा तीन लाख ४७ हजार २५४ जना नयाँ सङ्क्रमित भएका हुन् ।
 
दैनिक सङ्क्रमितहरूको सङ्ख्या १७.९७ प्रतिशतको दरले वृद्धि भएको पनि भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । अघिल्लो दिन बिहीबार सार्वजनिक गरिएको तथ्याङ्कको तुलनामा शुक्रबार सार्वजनिक गरिएको विवरणमा सङ्क्रमितहरूको सङ्ख्या २९ हजार ७२२ बढी रहेको छ ।
 
अघिल्लो दिन भारतमा तीन लाख १७ हजार ५३२ जना नयाँ सङ्क्रमित भएको विवरण सार्वजनिक गरिएको थियो । सङ्क्रमितहरूको सङ्ख्यामा साप्ताहिक रुपमा १६.५६ प्रतिशतले वृद्धि भएको पाइएको पनि अधिकारीहरूले जनाएका छन् ।
 
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दै गइरहेको तथ्याङ्कले देखाएको छ । पछिल्लो विवरणअनुसार भारतमा अहिले २० लाख १८ हजार ८२५ जना कोरोना भाइरसबाट सङ्क्रमित अवस्थामै रहेका छन् ।
 
पछिल्लो २४ घन्टामा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या भने दुई लाख ५१ हजार ७७७ रहेको छ । एउटै अवधिमा नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या थोरै भएकाले पनि सक्रिय सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको हो । एजेन्सी