मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकी राजनीतिमा ज्ञवालीको प्रवेश (भिडियो सहित)

अमेरिकी राजनीतिमा ज्ञवालीको प्रवेश (भिडियो सहित)


शेयर गर्नुहोस:

24.3k
Shares

  • change font
  • change font
  • change font

युलेस (टेक्सस) – नेपाली आप्रवासी समुदायको बाक्लो बसोबास रहेको अमेरिकाको टेक्सस राज्यको युलेस सिटी काउन्सिलमा अर्का नेपालीले उम्मेदवारीको घोषणा गरेका छन् ।
 
आउँदो मे महिनामा हुने सिटीको चुनावमा युलेस निवासी मोहन ज्ञवालीले उम्मेदवारीको घोषणा गरेका हुन् । शनिबार अपरान्ह नेपाली समुदायका अगुवाहरु र सञ्चारकर्मीहरु बीच ज्ञवालीले सिटी काउन्सिलको प्लेस–३ का लागि उम्मेदवारी घोषणा गरेका छन् ।

यस अघि गत जुन महिनामा भएको निर्वाचनको प्लेस–६ मा नेपाली समुदायकै टीका पौडेल निर्वाचित भएका थिए । युलेस सिटीका ६ जना काउन्सिल मेम्बरमध्य हरेक वर्ष २ जनाको लागि  चुनाव हुने गरेको छ । 
 
चुनावमा युलेस सिटीका सबै ३७ हजार मतदाताले मत प्रयोग गर्न पाउँछन् । 
 
सन् १९९६ देखि अमेरिका बस्दै आएका ज्ञवाली लामो समय चौबिसै घण्टा जागा रहने न्यूयोर्क शहर बसे । उनी केही वर्ष अघि न्यूयोर्क छाडेर टेक्सस सरेका हुन् । न्यूयोर्कमा छँदा स्थानीय रुपमा निकै सकृय र सहयोगी ज्ञवालीको उम्मेदवारीले अमेरिकाको नेपाली समुदाय फेरि एकपटक तरङ्गीत भएको छ । उनी टेक्ससको युलेस सरेर पनि सामुदायिक तथा स्थानीय राजनीतिमा निकै सकृय भएर छोटो समयमै स्थापित भएका छन् ।

Advertisement
ADVERTISEMENT
‘सिटीले आफ्नो क्षेत्रभित्र रहेर गर्ने कार्यहरु निकै सिमित हुन्छन् । म त्यही सीमाभित्र रहेर सडक, पूर्वाधार, पार्क, खोल मैदानको विस्तार तथा सुधारमा आफुलाई केन्द्रित गराउनेछु’ आफ्नो एजेण्डा प्रस्तुत गर्दै ज्ञवालीले भने । आफूले आप्रवासी समुदाय र स्थानीय समुदायको भावना, आवश्यकतालाई लिएर सिटीमा कार्यक्रमहरु अघि सार्ने पनि उनले बताए । 
 
कार्यक्रममा ज्ञवालीको उम्मेदवारी र अमेरिकी राजनीतिमा प्रवेशलाई लिएर सहभागीहरुले खुशी व्यक्त गर्नुका साथै सहयोगको लागि प्रतिवद्धता जनाएका छन् । 
 
एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीबी पन्तले ज्ञवालीलाई परिपक्व सामाजीक अभियन्ताको संज्ञा दिँदै अमेरिकी राजनीतिमा प्रवेश गर्न चाहनेका लागि सहयोग गर्न छुट्टै टास्कफोर्स गठन हुन लागेको जानकारी दिए । ‘आर्थिक वा अन्य सहयोगका लागि पनि एनआरएन प्रतिवद्ध छ । हामी यसमा सकारात्मक छौँ’ पन्ते भने ।

सोही अवसरमा महाबाणिज्यदूत प्रेमराजा महतले नेपाली आप्रवासी समुदायले अमेरिकामा बसेर नेपालीको दलीय राजनीतिमा समय खर्चिनुका साटो अमेरिकी राजनीतिमा सहभागी भएमा मातृभूमिका लागि सहयोग मिल्ने धारणा राखे । ‘नेपालको दलीय राजनीति गर्नुभन्दा यहीँको राजनीति गरौं, यसले नेपाललाई बरु धेरै फाइदा पुग्छ । नेपाल चिनाउन, सहयोग लैजान मद्धत मिल्छ’ महतले भने । 
 
उम्मेदवारी घोषणा कार्यक्रममा सिटी काउन्सिल सदस्य टीका पौडेल, नेपाली मन्दिर बोर्ड अफ ट्रष्टीका अध्यक्ष विनय अर्याल, समाजसेवी डा. मुरली अधिकारी, नेपाली समाज टेक्ससका उपाध्यक्ष जनक भण्डारी, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका अध्यक्ष सुरेशचन्द्र पोखरेल, एनआरएन अमेरिकाका पूर्ब अध्यक्ष सुनिल साह, क्षेत्रीय सहसंयोजक राम सी पोखरेल, बानका अध्यक्ष सुवोधविलास पन्त, नेजा अध्यक्ष विकासराज न्यौपाने लगायतले सफलताका लागि शूभकामना व्यक्त गरेका थिए । 

आउँदो मे ७ तारिकका सिटी काउन्सिलको चुनाव हुँदैछ । मतदानका लागि अप्रिल २५ देखि मे ३ तारिकसम्म अग्रीम मतदान गर्न पाउने व्यबस्था पनि रहेको छ । अमेरिकी चुनावमा मत हाल्न कानुनले योग्य ठहरिएकाहरुलाई मतदाता सूचिमा समावेश हुनका लागि समेत आव्हान गरिएको छ । 
 
यही जनवरी ३१ सम्म मतदाता सूचिमा नाम दर्ता गर्न सकिन्छ । अमेरिकाको चुनावमा अमेरिकी नागरिकता प्राप्त व्यक्तिले मात्र भोट हाल्न पाउँछन् ।

शेयर गर्नुहोस:

24.3k
Shares