बिश्व घटना

बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह

बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font

काठमाडौँ । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले लोकतन्त्रका लागि भएका बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न सरकारलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर उनले लोकतन्त्र र जनजीविकाका सवालमा कुनै पनि प्रकारको प्रश्न खडा हुन नहुने बताए ।

भूराजनीतिक चलखेलले नेपाललको राष्ट्रियता र राज्यका अङ्गहरूमा खतरा पैदा गर्ने जनाउँदै सरकारले त्यस्ता खतराहरूबाट मुलुकलाई बचाउनुपर्नेमा नेता थापाको जोड थियो ।

Advertisement

सरकारले ट्रेड युनियन र विद्यार्थी सङ्गठन खारेज गरेर लोकतान्त्रिक अधिकारलाई कटौती गरेको टिप्पणी गर्दै उनले समाजमा महँगी, चोरी डकैती र अराजकता भइरहेको तथा सुकुमवासीको व्यवस्थापन भने हुन नसकेकामा आलोचना गरे ।

नेता थापाले सरकार संसदप्रति जवाफदेही नभए वा सत्ता पक्ष–प्रतिपक्षबीच सार्थक संवाद हुन नसके पुनः आन्दोलन हुन सक्नेतर्फ सचेत गराए । उनको अभिव्यक्तिप्रति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद समीक्षा बास्कोटाले नियमापत्ति जनाए ।