काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले कानुनी र वैज्ञानिक आधारलाई टेकेर तत्काल पहिचान हुन नसकेका शवलाई जमिनमुनि व्यवस्थापन गरेको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै डिएनए मिल्नासाथ ती शव सम्बन्धित परिवारलाई जिम्मा लगाइने बताए ।
उनले भने, ‘पहिचान भएपछि उहाँहरूले आ(आफ्नो धर्म, संस्कृतिअनुसार अन्तिम संस्कार गर्नुहुने नै छ । त्यसैले यस विषयमा भ्रममा नपर्न सबैलाई अनुरोध पनि गर्न चाहन्छु।’ यति ठूलो विपद् पर्दा अन्तर्राष्ट्रिय सहयोग नलिने भन्ने कुरा नै नआउने उनले बताए ।
उनले भने, ‘प्रभावित क्षेत्रमा आवश्यकताअनुसार सहयोग लिन सुरूदेखि नै हामीले अन्तर्राष्ट्रिय मुलुकहरूसँग समन्वय गरेकै थियौँ । प्रक्रियासमेत छोटो गराएर हामीले अन्तर्राष्ट्रिय सहयोग लिने प्रयास गरेका थियौँ । मित्र राष्ट्र चीन र भारतबाट उहाँहरूले टेक्निसियनहरू पठाउनुभएकै थियो ।’
विपद्को बेला सङ्घीय सरकार, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर काम भइरहेको उनले जिकिर गरे ।












प्रतिक्रिया