टेक्सस

अमेरिकाबाट ओइरियो सहयोग

अमेरिकाबाट ओइरियो सहयोग


टेक्सस (अमेरिका) । नेपालमा भरखरैको भोटेकोशी महाप्रलय बाढीमा परेर भएको जनधनको क्षतीको राहतका लागि अमेरिकामा रहेका नेपाली समुदाय सहयोगका लागि जुर्मुराएका छन् ।

नेपाललाई पीडा भएको समयमा अमेरिकाको टेक्ससमा रहेका नेपालीहरुले यस अघिका प्राकृतिक विपदमा भन्दा पनि मन खोलेर सरकारी कोषमा रकम पठाएका छन् । विगतमा स्थानीय संघसंस्थाहरुले संकलन गरेर एकमुष्ठ रकम पठाउने गरिएकोमा यसपटक भने सरकारले विदेशबाट सहज रुपमा रकम ट्रान्सफर गर्न सक्ने प्रविधि सार्वजनिक गरेपछि सहज रुपमा ट्रान्सफर गरिरहेका छन् ।

Advertisement

नेपाली समाज टेक्ससले एकलाख डलर नेपाल सरकारलाई पठाउने लक्ष्य लिएर आफ्ना सदस्यहरु तथा सहयोगी दाताहरुलाई आव्हान गरिरहेको छ । अध्यक्ष विजय भुसालले विगतका केही घटनाहरुमा अन्य संस्थाहरुले रकम दुरुपयोग गरेको विषयलाई लिएर समाजमा वदनाम गर्न खोजिएको प्रति गुनासो गर्दै नेपाली समाज टेक्ससले संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने बताए हामी एकलाख डलर संकलन गरेर पठाउने लक्ष्यका साथ काम गरिरहेका छौँ अध्यक्ष भुसालले भने ।

स्थानीय व्यबसायीदेखि लिएर रोजगारीमा संलग्नहरुले धमाधम सिधै सरकारी खातामा सहयोग पठाइरहेका छन् । गैर आवासीय नेपाली संघ टेक्सस च्याप्टरका पुर्ब अध्यक्ष एवं व्यबसायी राजेश अर्यालले सरकारी कोषमा १५ लाख पठाएका छन् ।

‘आफैँ पुगेर पीडितलाई सहयोग गर्न सकिने अवस्था छैन । बरु सरकारी कोषमा पठाइदिँदा त्यसमा अनियमितता नहोला कि भन्ने आशाले राहत कोषमै पठाउने निर्णय हाम्रो परिवारले गरेका हौँ’ अर्यालले भने ।

म्याराथन धावक बाल जोशीले यस अघिनै २५ लाख रुपैयाँ ड्यालसस्थित महाबाणिज्यदूत कार्यालय मार्फत नेपाल सरकारलाई हस्तान्तरण गरेका छन् ।

जनसम्पर्क समिति ड्यालस फोर्टवर्थ च्याप्टरले ७ लाख रुपैयाँ पठाउने तयारी गरिरहेको छ । सोमबार उक्त रकम राहत कोषमा पठाइने पदाधिकारीहरुले जानकारी दिएका छन् ।

GOFUNDME: Nepalese Society of Texas for Nepalese Society, inc.