मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

राजेशपायल राईको अमेरिकाबाट राजकीय बिदाइ

राजेशपायल राईको अमेरिकाबाट राजकीय बिदाइ


न्यूयोर्क । लोकप्रिय गायक राजेशपायल राईको अमेरिकाको जोन एफ. केन्नडी इन्टरनेसनल एयरपोर्टबाट राजकीय बिदाइ गरिएको छ । राजेश पायल राई फेयरवेल नामक कार्यक्रमका आयोजक बुद्ध ट्याक्सका पशुपति श्रेष्ठले आयोजना गरेका थिए । 
 
कार्यक्रममा अमेरिकामा रहेर लामो समाजसेवामा खटिएका केशवराम राई, आदिवासी जनजाति महासंघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष मिङ्मा शेर्पा, आदिवासी जनजाति महासंघ अमेरिकाका सभामुख सुवर्ण शाक्य, गुरुङ समाज अमेरिका कोषाध्यक्ष अञ्जित गुरुङ, कलाकार प्रेम गुरुङ, नेपाली अमेरिकन कलाकारका वरिष्ठ उपाध्यक्ष बसन्ती राई, डिजे जाङ्गबु शेर्पा, पत्रकार सञ्जोग आचार्य, सुनिता शर्मा कोइराला, बज्र फ्लिमका रक लामा, अञ्जान श्रेष्ठलगायत सयौँ नेपालीको उपस्थिति रहेको थियो ।
 
बिदाइ कार्यक्रममा बोल्दै गायक राईले यस्तो खालको बिदाइ पाउने पहिलो नेपाली कलाकार भएकाले आफू भाग्यमानी रहेको र यसको श्रेय नेपाली संगीतलाई माया गर्ने सबै श्रोता दर्शकलाई जाने बताए । 
 
उनले यो सम्मान आफ्नो नभएर सम्पूर्ण गीतसंगीतको सम्मान रहेको र आगामी दिनमा पनि यसैगरी नेपाली गीत संगीतलाई माया गर्न आग्रह गरे । राईले आफ्नो गीतको प्रसङ्ग जोड्दै सुनाए, ‘मेरो गीतै छ, फैलियो माया दुबोसरी यसैगरी दुबोलाई जहाँ फ्याक्नुस् त्यहीँबाट उम्रिन सुरु गर्छ, त्यसैगरी तपाईंहरूको माया बढोस् नेपाली गीतसंगीतले जितोस् ।’
 
‘न्यूयोर्क घटना’को बारेमा बिर्सन र आफूले क्षमा गरेकोले आफ्नो शुभचिन्तकहरूलाई नि माफ दिन आग्रह गरे । उनले भने,’आयोजकबाट जे आयो त्यो सत्य नै हो । म सुरक्षित नै थिएँ । कार्यक्रमको टिकट सोल्ड आउट भएको कार्यक्रम आयोजकले बताइसकेका छन् । घटना घटाउनेले आफैँ बिरामी भएको स्वीकारेकाले उनको शीघ्र स्वास्थलाभको कामना गर्दछु ।’