मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

आठ साताभित्र युरोपको आधा जनसङ्ख्यामा कोभिड फैलिनसक्ने डब्लूएचओको चेतावनी

आठ साताभित्र युरोपको आधा जनसङ्ख्यामा कोभिड फैलिनसक्ने डब्लूएचओको चेतावनी


न्यूयोर्क । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले आगामी आठ साताभित्र युरोपको आधाभन्दा बढी जनसङ्ख्या कोभिड सङ्क्रमित हुने चेतावनी दिएको छ ।
 
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा संक्रमण दर ह्वात्तै बढिरहेका बेला डब्लूएचओको चेतावनी आएको हो ।
 
पश्चिमबाट पूर्व फैलिएको ओमिक्रोनको लहरले सम्पूर्ण युरोप नराम्रोसँग प्रभावित भएको डब्लूएचओका हान्स क्लुगीले बताए । सन् २०२२ को पहिलो साता सम्पूर्ण युरोपमा ७० लाख नयाँ संक्रमित भेटिएका छन् ।
 
भाइरस पश्चिमा देशहरुबाट बाल्कन्सतर्फ फैलिँदै गर्दा युरोप र मध्य एसियाली देशहरु तीव्र चापमा परेको उनले बताए । 

शेयर गर्नुहोस:

243
Shares