मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतका रक्षामन्त्री सिंहलाई कोरोना सङ्क्रमण, महाराष्ट्र प्रदेशमा स्थिति भयावह

भारतका रक्षामन्त्री सिंहलाई कोरोना सङ्क्रमण, महाराष्ट्र प्रदेशमा स्थिति भयावह


याँ दिल्ली । भारतका रक्षा मन्त्री राजनाथ सिंह कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सामान्य लक्षण देखिएको र शङ्का लागेकाले कोरोना परीक्षण गर्दा सोमबार उनमा सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन् । 
 
सङ्क्रमण पुष्टि भएपछि उनी घरमै आइसोलेसनमा बसेको रक्षामन्त्रीको सचिवालयले जनाएको छ । मलाई आज कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ, सामान्य लक्षण पनि देखिएको छ, त्यसैले म अहिले घरमै एकान्तबासमा रहेको छु, सामाजिक सञ्जाल ट्वीटरमा उनले लेख्नुभएको छ । 
 
रक्षा मन्त्री सिंहले हालै आफूसँग सम्पर्कमा रहेकाहरुलाई सेल्फ आइसोलेसनमा बस्न र कोरोना परीक्षण गराउन अनुरोध पनि गरेका छन् । उनले पछिल्लो समय यही जनवरी ८ तारिखका दिन सैनिक विद्यालयमा महिला सैनिकहरु भर्ना भएकोसम्बन्धी एउटा वेविनारमा सम्बोधन गरेका थिए । 
 
भारतमा पछिल्लो समय कोरोना भाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक बढेको तथ्याङ्कले देखाएको छ । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा एक लाख ७९ हजार ७२३ जना नयाँ सङ्क्रमित थपिएका छन् ।  
 
अघिल्लो दिनको तुलनामा १३.२९ प्रतिशतको दरले सङ्क्रमितहरुको सङ्ख्यामा वृद्धि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  भारतमा अहिलेसम्म चार हजार ३३ जनामा कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 
 
तीमध्ये सबैभन्दा धेरै महाराष्ट्र प्रदेशमा देखिएका छन् । मन्त्रालयका अनुसार महाराष्ट्रमा एक हजार २१६, राजस्थानमा ५२९ र दिल्लीमा ५१३ जना ओमिक्रोन भाइरसबाट सङ्क्रमित भएका छन् । एजेन्सी