बिश्व घटना

भारतीय संसद्का ४०० बढी कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि

भारतीय संसद्का ४०० बढी कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि


याँ दिल्ली । भारतमा संसद्का ४०० बढी कर्मचारीमा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएको छ । 
 
अधिकारीहरूका अनुसार कर्मचारीहरूलाई मङ्गलबारदेखि शनिबारसम्म अनियमित परीक्षणको क्रममा उक्त सङ्क्रमण देखिएको हो  । संसद्को बजेट अधिवेशनअघि नै संक्रमित भेटिएका हुन् । एक स्थानीय समाचार एजेन्सीले जनाएअनुसार १४०९ संसद् कर्मचारी मध्ये ४०२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
 
जनवरी ४ देखि जनवरी ८ सम्म  गरिएको परीक्षणमा ४०२ कर्मचारीहरूमा सङ्क्रमण देखिएको छ । ती सबै नमूनाहरू ओमिक्रोन भेरियन्ट कन्फर्मेसनको लागि जीनोम सिक्वेन्सिङमा पठाइएको छ, एजेन्सीका एक अधिकारीले भने । 
 
संसद्का कर्मचारीको आन्तरिक सन्देशमा कर्मचारीलाई सरकारको निर्देशनअनुसार सावधानी अपनाउन सुझाव दिइएको प्रतिवेदनमा उल्लेख छ ।
 
स्थानीय सञ्चारमाध्यममा उद्धृत गरिएको आन्तरिक सन्देशमा लोकसभाका २०० र राज्यसभाबाट ६९ जना र १ सय ३३ सहयोगी कर्मचारीको परीक्षण पोजेटिभ देखिएको जनाइएको छ । एजेन्सी