मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

नेप्सेको उकालो यात्रा जारी, तीन कम्पनीको शेयरमा सर्किट

नेप्सेको उकालो यात्रा जारी, तीन कम्पनीको शेयरमा सर्किट


काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक यस साता लगातार उकालो लागे । यसै क्रममा शेयर कारोबार हुने साताको अन्तिम दिन आज बिहीबारसमेत कारोबार मापक नेप्से परिसूचक ४३.२९ अङ्कले उकालो लागेर दुई हजार ६९२.४७ मा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.१६ अङ्कले बढेर ५०६.१६ मा पुगेको छ ।
 
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार भएकामध्ये १६४ कम्पनीको शेयर उकालो लागे भने २३ कम्पनीको शेयर मूल्यमा गिरावट देखियो । यस्तै तीन कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन । कारोबार भएका १३ उपसमूहमध्ये उत्पादन ५.९८ र व्यापार १९.३५ अङ्कले ओरालो लागे । 
 
यस्तै, बैंकिङ ३५.०७, विकास बैंक ८८.४८, वित्त २७.४८, होटल तथा पर्यटन १०७.४७, जलविद्युत् ७२.२०, लगानी १.६१, लघुवित्त ५३.०८, सामूहिक लगानी कोष ०.१०, निर्जीवन बिमा २४३.९३, अन्य २०.४१ र जीवन बिमा ११४.५४ अङ्कले उकालो लागे ।
 
बाँकी ११ उपसमूहको शेयर मूल्य भने उकालो लागे । कारोबारका आधारमा अपिपावर कम्पनी शीर्षस्थानमा रह्यो । सो कम्पनीको रु १६ करोड ३७ लाख ६ हजार ६६८ बराबरको कारोबार भयो ।
 
यस्तै, एनआइसी एशिया बैंक रु १४ करोड ५२ लाख १९ हजार १४८, नेशनल माइक्रोफाइनान्स रु १० करोड ३६ हजार २५१, गरिमा विकास बैंक रु नौ करोड ३३ लाख ५९ हजार ७८७ र हिमालयन डिस्टिलरी रु आठ करोड ७७ लाख ९४ हजार ५२३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र परे ।
 
नेप्सेका अनुसार नेपाल फाइनान्स, तेह्रथुम पावर र मध्यभोटेकोसीको शेयरमा सकारात्मक सर्किट लाग्यो । राष्ट्रिय बिमा कम्पनी ६.७४ र मैलुङखोला जलविद्युत् परियोजनाको शेयरमा ६.५८ प्रतिशतको वृद्धि भयो ।
 
यस्तै, एनबिबीएल डिवेञ्चर ३.५३, विशाल बजार कम्पनी २.१५, हिमालयन बैंकको डिवेञ्चर १.९९, एसबिएल डिवेञ्चर १.९४ र माछापु्ुच्छ«े बैंकको डिवेञ्चरका लगानीकर्ताले १.८३ प्रतिशतले गुमाए । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब तीन अर्ब ३४ करोड ६२ लाख ६० हजार २५८ बराबर पुगेको छ । रासस