मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

उत्तर कोरियाद्वारा समुद्रमा ब्यालेस्टिक मिसाइल प्रहार, वार्ताका लागि अमेरिकाको आह्वान

उत्तर कोरियाद्वारा समुद्रमा ब्यालेस्टिक मिसाइल प्रहार, वार्ताका लागि अमेरिकाको आह्वान


सोल । उत्तर कोरियाले बुधबार समुद्रमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरिया र जापानले जनाएको छ । प्योङयाङले यस वर्ष यो पहिलो पटक प्रक्षेपण गरेको हो । 
 
उत्तरले कोरियाले प्रायद्वीपको पूर्वी समुद्रतर्फ स्थानीय समयअनुसार मङ्गलबार बिहान ८ः१० बजे ‘ब्यालेस्टिक मिसाइल’ प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाइएको छ ।
 
एक आपतकालीन बैठकपछि दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषदले यस मिसाइल परिक्षणको चिन्ता व्यक्त गरेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 
 
यसलाई सम्भावित ब्यालेस्टिक मिसाइल प्रक्षेपणको रूपमा वर्णन गरे पनि उत्तर कोरियाले गरेको लगातार क्षेप्यास्त्र प्रक्षेपण साँच्चै खेदजनक भएको जापानी प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन् ।  
 
जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले पत्रकारहरूलाई अहिलेसम्म जापानी विमान र जहाजहरूमा क्षति पुगेको कुनै समाचार नआएको बताएका छन् । यो प्रक्षेपण गत हप्ता किमको भाषणपछि भएको थियो जसमा उनले उत्तर कोरियाले आफ्नो सैन्य क्षमताको निर्माण जारी राख्ने बताएका थिए ।   
 
उत्तर कोरियाले समुद्रमा बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको रक्षामन्त्रीले पुष्टि गरेका छन् । दक्षिण कोरिया सरकारले पुष्टि गर्नुअघि प्रक्षेपणबारे जापानी तटरक्षक निकायले समुद्रमा पहिलो पटक जानकारी दिएको थियो ।
 
संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियालाई बलिस्टिक र परमाणुअस्त्र परीक्षण गर्न प्रतिबन्ध लगाए पनि उत्तर कोरियाद्वारा यस प्रतिबन्धको पालना गरेको पाइँदैन । 
 
दक्षिण कोरियाली र अमेरिकी गुप्तचर निकायले थप विवरणहरूको विश्लेषण गरिरहेका दक्षिण कोरियाको जोइन्ट चिफ अफ स्टाफ (जेसिएस) ले जानकारी गराएको छ । 
 
अमेरिकाद्वारा वार्ताका लागि आह्वान
 
संयुक्त राज्य अमेरिकाले बुधबार उत्तर कोरियाले शंकास्पद ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको भन्दै यसप्रति गम्भीर चासो व्यक्त गरेको छ । साथै, उत्तर कोरियाली अधिकारीलाई भड्किलो गतिविधि त्याग्न र वार्तामा बस्न प्योङयाङलाई आग्रह गरेको छ ।
 
“यो प्रक्षेपण संयुक्त राष्ट्र सुरक्षा परिषदका धेरै प्रस्तावनाहरूको उल्लङ्घन हो र यसले उत्तर कोरिया छिमेकीहरू र अन्तरराष्ट्रिय समुदायको लागि खतरा उत्पन्न गर्छ,”अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले बताए ।
 
उनले भने, “हामी उत्तर कोरियासँगको कूटनीतिकसम्बन्ध कायम गर्ने दृष्टिकोणप्रति प्रतिबद्ध छौँ र वार्तामा सहभागी हुन आह्वान गर्दछौँ ।” एजेन्सी