मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

डेनमार्कमा ओमिक्रोनबाट १८ जनाको मृत्यु

डेनमार्कमा ओमिक्रोनबाट १८ जनाको मृत्यु


कोपेनहेगन । डेनमार्कमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट कम्तीमा पनि १८ जनाको मृत्यु भएको बताइएको छ । यहाँका स्वास्थ्यकर्मीहरुले गत नोभेम्बरको अन्तिमदेखि डिसेम्बर महिनाको अन्तिमसम्म यहाँ ओमिक्रोनबाट मात्र १८ जनाको मृत्यु भएको बताएका छन् ।
 
डेनमार्कसहित फ्रान्स, ग्रीस, पोर्चुगल, इटाली, बेलायतलगायतका अन्य युरोपेली देशमा पछिल्ला हप्ताहरुमा उच्च संख्यामा सङ्क्रमित भेटिएका समाचारहरु आइरहेका बताइएको छ । 
 
पछिल्ला दिनहरुमा क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसहरुको जमघटका कारण पनि युरोपमा कोभिड तीव्र गतिमा फैलिएको बताइएको हो ।
 
यता डेनमार्कमा भने ओमिक्रोनको सङ्क्रमण बढ्दै गएको अधिकारीहरुले जानकारी दिएका छन् । एजेन्सी