मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

नेप्सेमा उच्च अङ्कको सुधार

नेप्सेमा उच्च अङ्कको सुधार


काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्सेमा ६३.०१ अङ्कले उकालो लागेर दुई हजार ६७९.९५ मा पुगेको छ । 
 
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १५.८५ अङ्कले बढेर ५०३.७२ मा पुगेको छ । आज कारोबार भएकामध्ये १६६ कम्पनीको शेयर उकालो लाग्दा २१ कम्पनीको भने ओरालो लागेको छ । यस्तै, तीन कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन । 
 
कूल २३४ कम्पनीको ९१ लाख १० हजार ७५८ कित्ता शेयर रु चार अर्ब ३२ करोड दुई लाख ६९ हजार ८२७ मूल्यमा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब ८५ अर्ब ५९ करोड २० लाख ९६ हजार ६३३ बराबर पुगेको छ ।
 
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्यमा गिरावट आयो भने ११ उपसमूहको शेयर मूल्य उकालो लाग्यो । उत्पादन ४२.७१ र अन्य उपसमूह ६.७० अङ्कले ओरालो लाग्यो । कारोबारका आधारमा बैंकिङ ६३.६७, विकास बैंक २३२.४१, वित्त ७९.०१, होटल तथा पर्यटन ६४.०९, जलविद्युत् ८७.५४, लगानी २.५४, जीवन बीमा १६०.५२, लघुवित्त ९१.५१, सामूहिक लगानी कोष ०.२६ र व्यापार ५६.०५ अङ्कले उकालो लागेका छन् ।
 
कारोबारका आधारमा नेपाल बङ्गलादेश बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु १४ करोड ७७ लाख ५४ हजार ५५० बराबरको कारोबार भयो । यस्तै, नबिल बैंक रु १३ करोड नौ लाख ६९ हजार, अपि पावर कम्पनी रु ११ करोड सात लाख ६८ हजार १२५, हिमालयन डिस्टिलरी रु १० करोड ६० लाख २३ हजार २२६ र माथिल्लो तामाकोशी रु १० करोड ३८ लाख ५३ हजार ८३९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
 
नेप्सेका अनुसार श्री इन्भेस्टमेन्ट फाइनान्स र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भयो भने मध्य भोटेकोशीको शेयर मूल्यमा ९.९९ प्रतिशतले सुधार आयो । नेपाल एसबिआई बैंक ९.७२ र सिन्धु विकास बैंकका लगानीकर्ताले ९.४३ प्रतिशतले कमाए ।
 
त्यस्तै, कृषि विकास बैंकको ऋणपत्र १.९६, नबिल बैंकको ऋणपत्र १.९१, आइसिएफसी फाइनान्सको ऋणपत्र १.८६, नबिल बैंक १.५८ र बोटलर्स नेपाल तराईका शेयरधनीले १.४३ प्रतिशतले गुमाए । रासस