मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ओमिक्रोनको सङ्क्रमण थप फैलिने डरले क्रिसमसकै दिन चार हजार ५०० उडान रद्द

ओमिक्रोनको सङ्क्रमण थप फैलिने डरले क्रिसमसकै दिन चार हजार ५०० उडान रद्द


न्युयोर्क । विश्वका धेरै देशमा मनाइने क्रिसमस पर्वको दिन चार हजार ५०० भन्दाबढी विमान उडान रद्द भएका छन् । अत्यधिक धेरै यात्रा हुने दिनका रुपमा समेत चिनिने क्रिसमसका दिन शनिबार यति धेरै विमान सेवा रद्द भएको अधिकारीले जनाएका छन् । 
 
कोरोना भाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण थप फैलिने डरले क्रिसमसकै दिनको उडान पनि रद्द भएको हो । त्यसैगरी अरु हजारौँ उडानमा ढिलाइ पनि भएको उडानसम्बन्धी सूचना प्रवाह गर्ने वेभसाइड फ्लाइट अवेर डटकममा उल्लेख गरिएको छ ।
 
उडान रद्द तथा ढिलाई हुँदा अमेरिकी राष्ट्रपति जो वाइडेनसहित विश्वका प्रभावशाली व्यक्तिसमेतलाई असर परेको छ । यसअघि गत शुक्रबार मात्रै २४ सयभन्दा बढी उडान रद्द भएका थिए भने ११ हजारभन्दा बढी उडानमा ढिलाइ भएको थियो ।
 
यो समाचार तयार पार्दा सम्ममा आगामी आइतबारका लागि तय भएका ६०० भन्दा बढी उडान पनि रद्द भइसकेका र अरु पनि धेरै रद्द हुन सक्ने बताइएको छ । एजेन्सी