मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पिटिआई नेताको गोली हानी हत्या

पिटिआई नेताको गोली हानी हत्या


स्लामाबाद । पाकिस्तान तेहरेक–ए–इन्साफ (पिटिआई) का स्थानीय नेतालाई पञ्जाब प्रान्तको कराची शहरमा शुक्रबार अज्ञात सशस्त्र मानिसहरूको एक जत्थाले गोली हानी हत्या गरेको ‘द न्युज इन्टरनेशनल’ले लेखेको छ ।
 
घटना दिउँसोको समयमा भएको बताइएको छ । उक्त घटनामा पिटिआई नेताको मृत्यु भएको र थप एक जना सख्त घाइते भएका बताइएको छ । 
 
रिपोर्टअनुसार क्यदाबाद क्षेत्रको मुर्गीखाना बिसौनीनजिकै एक विवादित जमिनका विषयलाई लिएर उनको हत्या गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । घटनामा सम्लग्न व्यक्तिहरू आक्रमणपछि भागेको र प्रहरीले उनीहरूको खोजी गरिरहेको जनाएको छ ।
 
आक्रमणमा घाइते भएका पीडितहरूलाई नजिकैको अस्पतालमा लगी उपचार भइरहेको छ । पिटिआई नेता गैरकानुनीरूपमा ओगटिएको जग्गाका विषयमा स्थानीय अदालतमा सुनुवाइपछि घर फर्कंदै गर्दा उनीमाथि आक्रमण भएको हो । 
 
पिटिआई नेतृत्वले घटनाको निन्दा गर्दै दोषीलाई तत्काल पक्राउ गर्न माग गरेको छ । घटनाबारे थप जानकारी विस्तृत अनुसन्धानपछि मात्र दिन सकिने प्रहरीले बताएको छ ।  एजेन्सी