मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

सन् २०२० मा चिनियाँ महिलाको औसत आयु ८० वर्षभन्दा बढी

सन् २०२० मा चिनियाँ महिलाको औसत आयु ८० वर्षभन्दा बढी


बेइजिङ । सन् २०२० मा चिनियाँ महिलाहरूको औसत आयु ८०.८८ वर्ष पुगेको छ । सन् २०१० मा ७७.३७ वर्ष रहेको चिनियाँ महिलाहरूको औषत आयु दश वर्षमा करिब तीन प्रतिशतले बढेको राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीएस) ले जनाएको छ ।  
 
चिनियाँ महिलाहरूको विकासका लागि रूपरेखा ९२०११–२०२०० को अनुगमन परिणामबारे एनबीएसको प्रतिवेदनमा भनिएको छ, “विगत एक दशकमा चिनियाँ महिलाको सामाजिक हैसियत उल्लेख्य रूपमा उठाइएको छ र उनीहरूको उपलब्धि, सुख र सुरक्षाको भावना नाटकीय रूपमा बढेको छ ।”
 
अनिवार्य शिक्षामा लिङ्गको अन्तर समाप्त भएको छ । प्राथमिक विद्यालय उमेरका बालिकाको शुद्ध भर्ना दर सन् २०१५ देखि लगातार छ वर्षसम्म ९९।९ प्रतिशतभन्दा बढी रहेको छ जुन केटाहरूको दर जस्तै छ ।
 
विगत एक दशकमा रोजगारीका लागि नीतिगत सुधार र व्यवसाय सुरु भएसँगै महिलाका लागि रोजगारीको माध्यम विस्तार भएको छ । कर्मचारीतन्त्रमा महिलाको सङ्ख्या पनि निरन्तर बढेको देखिएको छ । गत वर्ष शहरी कार्य एकाइहरूमा ६७।७९ करोड महिला कर्मचारीहरू थिए र यो सन् २०१० देखि ३९।५ प्रतिशत थियो ।
 
रिपोर्टअनुसार हाल चीनको कुल रोजगारको ४३।५ प्रतिशत महिलाहरू छन् । एक दशकको अवधिमा लैङ्गिक समानता र महिलाको सर्वाङ्गीरण विकासलाई अघि बढाउन ऐतिहासिक प्रगति भए पनि कतिपय क्षेत्रमा महिला अधिकार र हितको संरक्षण अझै बलियो बनाउन आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ । एजेन्सी  

शेयर गर्नुहोस:

162
Shares