अबुजा । नाइजेरियामा कोरोना भाइरसको चौंथो चरणको महामारी सुरु भएको घोषणा गरिएको छ । देशमा डेल्टा र ओमिक्रोन भेरियन्ट तीव्ररूपमा फैलिन थालेपछि सरकारले कोरोना भाइरसको चौंथो चरणको महामारी सुरु भएको निष्कर्ष निकालेको हो ।
अफ्रिकी मुलुकहरूमध्ये सबैभन्दा धेरै जनसङ्ख्या भएको नाइजेरियामा पछिल्लो दुई हप्तामा ५०० प्रतिशतका दरले सङ्क्रमण फैलिएको छ ।
नाइजेरियाको रोग नियन्त्रण केन्द्रका प्रमुख इफेडायो अडेटिफाले सङ्क्रमणको दर डरलाग्दोसँग फैलिएकाले चौथो चरणको महामारीको रूपमा लिइएको जानकारी दिए ।
उनका अनुसार नाइजेरियामा कोरोना भाइरसका कारण अहिलेसम्म दुई लाख २३ हजार ८८७ जना सङ्क्रमित भएका छन् । कुल सङ्क्रमितमध्ये आइतबारसम्ममा दुई हजार ९८५ जनाको मृत्यु भएको पनि उनले जानकारी दिए ।
महामारी रोक्नका लागि संयुक्त प्रयासको आवश्यकता रहेको र त्यसका लागि सबैले आआफ्नो तर्फबाट लाग्नुपर्नेमा उनले बताए । एजेन्सी
प्रतिक्रिया