काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएक छन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत मङ्सिर २७ गते सम्पन्न निर्वाचनको अन्तिम मतगणनाअनुसार महामन्त्रीद्वयमा दुई युवा निर्वाचित भएका हुन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्पन्न मतगणनाअनुसार थापाले तीन हजार २३ र शर्माले एक हजार ९८४ मत प्राप्त गरेका हुन् ।
त्यसैगरी महामन्त्रीका अन्य उम्मेदवारहरु क्रमशः डा प्रकाशशरण महतले एक हजार एक हजार ५५६, प्रदीप पौडेलले एक हजार ३९३, डा मीनेन्द्र रिजालले ८०९ र डा राजाराम कार्कीले १०६ मत प्राप्त गरेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
चार हजार ६८२ मत गणनामा भएकोमा सबैभन्दा बढी मत थापाले ल्याए भने शर्माले दोस्रो स्थानमा जीत हासिल गरेका छन् । महामन्त्री उम्मेदवारको मतगणना बिहीबार बिहान १०ः२० बजेदेखि सुरु भएको थियो ।
कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो ।
प्रतिक्रिया