मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ओमिक्रोन भेरियन्ट विश्वका धेरैजसो देशमा पुगिसकेको अनुमान : डब्ल्यूएचओ

ओमिक्रोन भेरियन्ट विश्वका धेरैजसो देशमा पुगिसकेको अनुमान : डब्ल्यूएचओ


जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नयाँ कोभिड भेरियन्ट ओमिक्रोन सम्भवतः विश्वका धेरैजसो देशमा पुगिसकेको हुनसक्ने अनुमान गरेको छ । 
 
हाल विश्वका ७७ देशमा यो भेरियन्ट फैलिएको पुष्टि भएको छ । यो निकै उत्परिवर्तित भेरियन्ट भएकोले तीव्र गतिमा फैलिरहेको र अन्य धेरै देशमा पनि हुनसक्ने डब्ल्यूएचओ प्रमुखले बताएका छन् । 
 
डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेब्रेयससले ओमिक्रोनलाई कम आँकिएकोमा आफू चिन्तित बनेको बताएका छन् । ओमिक्रोनको फैलावट यसअघिका कुनै भेरियन्टमा नदेखिएको दरमा भइरहेको डब्ल्यूएचओ प्रमुखले पत्रकारहरुलाई बताएका छन् । ओमिक्रोनले कम गम्भीर रोग निम्त्याउने भए पनि यसका खास सङ्ख्या कमजोर स्वास्थ्य प्रणालीका लागि पुनः चाप बन्न सक्ने बताएका छन् । 
 
यस भेरियन्टसँग जुझ्न कयौँ देशले बुस्टर मात्रा सुरु गर्ने बताएका अवस्थामा मङ्गलबारको पत्रकार सम्मेलनमा डा. टेड्रोसले खोप असमानताबारे आफ्ना चासो दोहोर्‍याएका छन् । उनले बुस्टर डोजहरुले कोभिड फैलन रोक्नका लागि महत्त्वपूर्ण भूमिका खेल्ने भए पनि केलाई प्राथमिकता दिने भन्ने अहम प्रश्न रहेको बताएका छन् । 
 
यस भेरियन्टलाई सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पहिचान गरिएको थियो । यसैसँगै कयौँ देशहरूले दक्षिणअफ्रिका र उसका छिमेकी देशसँग यात्रा प्रतिबन्ध लगाए पनि सङ्क्रमण फैलन रोकिएको छैन । एजेन्सी