मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

सामाजिक सञ्जालमा नेता सिंहलाई “भेडा”सँग तुलना, देउवाको अग्रतामा युवाहरु निराश

सामाजिक सञ्जालमा नेता सिंहलाई “भेडा”सँग तुलना, देउवाको अग्रतामा युवाहरु निराश


काठमाडौँ । देशको ठूलो पार्टी नेपाली कांग्रेसका आन्तरिक चुनावमा सभापतिका लागि प्रतिस्पर्धा गरेका प्रकाशनमान सिंह र विमलेन्द्र निधिले शेरबहादुर देउवालाई समर्थन गर्ने सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा यी दुई नेता पुत्रप्रति तीव्र आक्रोश व्यक्त गर्दै स्टाट्सहरु आएका छन् ।  
 
एउटा भेडा त घरमै रहेछ”, प्रकाशमानलाई लक्षित गर्दै धेरैले यो स्टाट्स लेखेका छन्, शेयर गरेका छन् । प्रकाशमानकै बुबा अर्थात् कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहले एक समय जनतालाई भेडासँग तुलना गरेका थिए । अहिले एउटा भेडा घरमै रहेछ भनेर सामाजिक सञ्जालमा स्टाट्स व्यापक भएको छ । 
  
प्रकाशमानलाई मात्र होइन सभापति पदका अर्का प्रत्याशी विमलेन्द्र निधिलाई पनि लक्षित गर्दै स्ट्याट्स आएका छन् । संघर्षशील नेताका पुत्र मात्र भएर हुँदो नरहेन छ विके भन्ने खालका स्ट्याट्स सामाजिक सञ्जालमा आएका छन् । 
 
सामाजिक सञ्जालमा आएका यी अभिव्यक्तिले विशेषगरी युवाहरुले कांग्रेसमा शेरबहादुर देउवाको विकल्प खाजेको देखाउँछ । देउवा सभापतिमा निरन्तरता हुँदा आउने सांसद् र स्थानीय निकायको चुनावमा कांग्रेसलाई बहुमत ल्याउन कठिन हुने संकेत गरेको छ । धेरै युवाहरुले यो नतिजाप्रति निराशा व्यक्त गरेका छन् । प्रकाशमान सिंहलाई भने आगामी संसदीय चुनावमा भोट नहाल्नेसम्मका धम्की दिइएको छ । 
 
चुनावअघि प्रकाशमान र विमलेन्द्रले यदि दोस्रो चरणमा चुनाव गयो भने शेखर कोइरालालाई मिलेर सहयोग गर्ने र कांग्रेसमा नेतृत्व परिवर्तन गर्ने बताएका थिए । तर, उनीहरु नै यो भनाइमा अडिग हुन सकेनन् । यसले गर्दा कुनै सिद्धान्त र बोलीमा अडिग नभएको नेता पुत्रका रुपमा उनीहरुलाई चित्रण गरिएको छ । 
 
प्रकाशमानलाई देउवाको पद र पदको लोभमा गएकोसमेत आरोप लागेको छ । यसले गर्दा उनले विज्ञप्ति निकालेर यस्तो कुनै सम्झौता नभएको भन्दै खण्डनसमेत गरेका छन् । 
 
कांग्रेस सभापतिका लागि दोस्रो चरणको निर्वाचनको नतिजा अब केही घन्टामा आउँदैछ । यसमा देउवा नै जित्ने लगभग निश्चितजस्तै देखिएको छ ।