जकार्ता । इन्डो प्यासिफिक क्षेत्रमा चीनको आक्रामक कार्यहरूबारे जारी चिन्ताको बीचमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मङ्गलबार बेइजिङविरुद्ध गठबन्धनलाई बलियो बनाउन नियममा आधारित आदेशको रक्षा गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘देशहरूलाई आफ्नो बाटो रोज्ने अधिकार हुनुपर्छ ।’
इन्डोप्यासिफिक क्षेत्रमा अमेरिकाको रणनीतिको रूपरेखा प्रस्तुत गर्दै इन्डोनेसियाको दुई दिने भ्रमणमा रहेका ब्लिन्केनले भने, हामी हाम्रा सहयोगी र साझेदारहरूसँग मिलेर दशकौँदेखि मिलेर बनाएका नियमहरूमा आधारित व्यवस्थाको रक्षा गर्न काम गर्नेछौं र ती क्षेत्र खुला र पहुँचयोग्य रहनेछन्।’
‘नियममा आधारित आदेशको रक्षा गर्ने लक्ष्य कुनै पनि देशलाई तल राख्नु होइन बरु बलजफती र धम्कीबाट मुक्त सबै देशहरूको आफ्नो बाटो रोज्ने अधिकारको सुनिश्चितता गर्नु हो’, अल जजिराले ब्लिन्केनले जकार्ताको विश्वविद्यालयमा दिनुभएको उक्त भाषणलाई उल्लेख गरेको छ ।
अल जजिराका अनुसार ब्लिन्केनले वासिङ्गटनले देशहरूलाई अमेरिका र चीनको बीचमा छनोट गर्न वा चीनसँग द्वन्द्व खोज्न बाध्य पार्ने प्रयास नगरेको बताएका छन् । तर, उनले उत्तरपूर्वी एसियादेखि दक्षिणपूर्वी एसिया र मेकोङ नदीदेखि प्रशान्त टापुहरूसम्म बेइजिङको आक्रामक कारबाहीबारे गुनासो पोखेका थिए । एजेन्सी
प्रतिक्रिया