मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

तीनै तहमा कांग्रेसको सरकार बनाउन लागेको छु : सभापति देउवा

तीनै तहमा कांग्रेसको सरकार बनाउन लागेको छु : सभापति देउवा


काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका शेरबहादुर देउवाले आगामी निर्वाचनबाट तीन तहका कांग्रेसका सरकार बनाउन आफू लागेको बताएका छन् । 
 
नेपाल महिला संघले आइतबार आयोजना गरेको कार्यक्रममा उनले आगामी तीनै तहका निर्वाचनमा विजय प्राप्त गर्ने कांग्रेसको लक्ष्य रहेको बताउँदै त्यसका लागि आफू लागि परेको उल्लेख गरे । 
 
साथै, उनले आफूलाई सभापतिमा पुनः विजयी गराउन पनि सबैलाई आग्रह गरे । पार्टीको १४औँ महाधिवेशनमा उनले सभापति पदमा उम्मेदवारी दिएका छन् । 
 
महाधिवेशनअन्तर्गत सोमबार बिहानदेखि मतदान हुँदैछ । प्रधानमन्त्री देउवाले कांग्रेसले पार्टीमा महिला सहभागितालाई उच्च स्थान दिएको उल्लेख गर्दै विधानमा ३३ प्रतिशत सहभागिता सुनिश्चित गरिएको बताए । 
 
पार्टी विधानमा  महिलासहित अन्य समावेशीको सहभागिता सुनिश्चित गरिएको बताउँदै उहाँले यस्तो समावेशी पार्टी अरु कोही नभएको जानकारी दिए । उनले पार्टीमा महिला सहभागिता बढाउन आग्रह गरे । 
 
प्रधानमन्त्री देउवाले कांग्रेसको नेतृत्वमा समावेशी व्यवस्थासहितको संविधान जारी गरिएको बताउँदै संविधानले राज्यका उच्च पददेखि सबै निकायमा महिला सहभागिता सुनिश्चित गरेको बताए । साथै, उनले स्थानीय सरकारमा ४१ प्रतिशत सहभागिता प्रतिनिधित्व भएको जानकारी गराए । रासस

शेयर गर्नुहोस:

135
Shares