काठमाडौँ । नेपाली कांग्रेसको १४ओँ महाधिवेशनमा कांग्रेसका युवा नेता हरिबोल भण्डारीले केन्द्रीय सदस्यमा उमेदवारी दिने घोषणा गरेका छन् । उनले प्रचार प्रसारलाई तीव्रता दिएका छन् । सम्पर्कका लागि सचिवालयसमेत स्थापना गरेर भण्डारीले आफ्नो विजय यात्रालाई अघि बढाएका छन् ।
युवा नेता भण्डारी विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय थिए । उनले काठमाडौँ क्षेत्र नं ३ बाट सर्वाधिक मत पाएर केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन भएका थिए । कांग्रेसमा उनले परिवर्तन चाहने युवा पुस्ताको प्रतिनिधित्व गर्छन् ।
महामन्त्री शशांक कोइरालानिकट मानिने भण्डारी यसअघिको महाधिवेशनमा पनि केन्द्रीय सदस्यका उमेदवार थिए । भण्डारी पेसाले व्यवसायी हुन् । उनको अमेरिका र नेपालमा व्यावसायिक क्षेत्रमा लगानी छ ।
उनले यसपटक आफूलाई अग्रज नेता र धेरै कार्यकर्ताको समर्थन रहेको हिमालय खबरलाई बताए ।
प्रतिक्रिया