मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

लोकतन्त्रमा हिंसाको कुनै स्थान हुनुहुँदैन : प्रधानमन्त्री देउवा

लोकतन्त्रमा हिंसाको कुनै स्थान हुनुहुँदैन : प्रधानमन्त्री देउवा


काठमाडौँ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकाका राष्ट्रपति जो बाइडेनद्वारा आयोजित लोकतन्त्रसम्बन्धी शिखर सम्मेलनमा सहभागी भएका छन् । 
 
अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार विश्वव्यापी नेताहरूलाई लोकतन्त्रको लागि नयाँ र कडा प्रतिबद्धताहरू व्यक्त गर्ने वाचासहित शिखर सम्मेलनको आयोजना गरेका छन् । सो सम्मेलनले नेपाललगायतका लोकतान्त्रिक मुलुकहरूले अहिले सामना गरिरहेका सबैभन्दा गम्भीर चुनौतीहरूको सामना गर्नको लागि सकारात्मक कार्यसूचीहरू तय गर्नेछ।  
 
सो अवसरमा प्रम देउवाले भने, ‘हामीले अत्यन्तै जटिल किसिमका राजनीतिक मतभेदहरूलाई पनि छलफलमार्फत समाधान गर्नसक्छौँ। लोकतन्त्रले यस्तो छलफल तथा परामर्शको लागि मञ्च प्रदान गर्दछ। लोकतन्त्रमा हिंसाको कुनै स्थान हुनुहुँदैन ।’
 
राष्ट्रपति बाइडेनले अन्तर्राष्ट्रिय लोकतन्त्र दिवसको अवसरमा दिएको सम्बोधनमा भनेका छन्, ‘कुनै पनि लोकतन्त्र पूर्ण छैनन् र कुनै लोकतन्त्र अन्तिम पनि हुँदैनन् । जति उपलब्धि हासिल भएको छ वा जति व्यावधान हटाइएको छ, ती दृढ र अटुट मेहेनतको कारणले भएका हुन्।’
 
राष्ट्रपति बाइडेनले प्रजातन्त्रको लागि प्रशासनको उद्घाटन शिखर सम्मेलनको शुभारम्भ गर्दा विश्व लोकतन्त्र अझै पनि काम गर्न सक्छ भनेर देखाउने दृढ संकल्प व्यक्त हुने अपेक्षा गरेका छन् । जुन अमेरिका आफैँ लोकतान्त्रिक दुनियाँमा लामो समयदेखि ज्वलन्त उदाहरण मानिएको राष्ट्र हो। अहिले अमेरिकाका विभिन्न तह र तप्कामा लोकतान्त्रिक अभ्यासमा विभिन्न संघसंस्थामा व्यापक प्रश्न चिन्ह उठेका छन् ।
 
शिखर सम्मेलनमा ११० देशहरू सहभागी भएका छन् । उनीहरूले लोकतन्त्रलाई सुदृढ पार्न नयाँ प्रतिबद्धताहरू घोषणा गर्ने छन् ।