बिश्व घटना

श्रीलंकामा पनि देखियो ओमिक्रोन भाइरस, विश्वका ३५ देशमा नयाँ भेरियन्ट पुष्टि

श्रीलंकामा पनि देखियो ओमिक्रोन भाइरस, विश्वका ३५ देशमा नयाँ भेरियन्ट पुष्टि


कोलोम्बो । घातक भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन श्रीलंकामा पनि देखिएको छ । पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको यस भाइरसका संक्रमित श्रीलंकामा पनि देखिएको बताइएको हो । 
 
श्रीलंकाको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो । सो मन्त्रालयका अनुसार नाइजेरियाबाट केही दिनअघि श्रीलंका एकजना व्यक्तिमा सो भाइरस देखिएको बताइएको छ ।
 
उनलाई हाल क्वारेन्टिनमा राखिएको छ । यहीँ उनको उपचार भइरहेको बताइएको छ । तर पनि उनको अवस्था भने त्यति गम्भीर नपाइएको पनि बताइएको छ ।अमेरिकाको न्युयोर्क सहरका पनि बिहीबार मात्र सो भाइरस भेटिएको अमेरिकाका स्वास्थ्य अधिकारीहरुले बताएका थिए ।
 
उनीहरुले यो नयाँ भेरियन्ट गत बुधबारमात्र अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको पाइएको थियो । यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट आएका एक जना व्यक्तिमा सो भेरियन्ट देखिएको बताइएको थियो । 
 
यो भाइरस केही दिनमा नै विश्वका विभिन्न देशमा देखिइसकेको छ । अहिले यो भाइरस विश्वका ३५ भन्दा बढी देशमा भेटिइसकेको छ । एजेन्सी