कनेक्टिकट । नेपाल र प्रवासमा रहेका नेपालीहरुको सामाजिक संस्था ‘हामी नेपाली ग्लोबल’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले अमृत लामाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।
नोभेम्बर २४ देखि २५ तारिखमा अमेरिकाको कनेक्टिकट राज्यमा सम्पन्न संस्थाको सम्मेलनले लामालाई पुनः नेतृत्व दिँदै नवराज केसी र टक लामालाई क्रमशः प्रथम र द्वितीय उपाध्यक्षमा निर्वाचित गरेको छ ।
सम्मेलनमा अमेरिकालगायत विभिन्न देशबाट सहभागिता जनाइएको थियो । शान्ति पदयात्रा गरी कार्यक्रमको थालनी गरिएको ‘हामी नेपाली ग्लोबल’को कार्यसमितिमा तेस्रो उपाध्यक्ष र महासचिवमा अस्ट्रेलियाका भोमा लिम्बु र मोनी लिम्बु चुनिएका छन् ।
त्यस्तै, नेपालबाट सचिवमा डा. पदमलाल महर्जन, अमेरिकाका भुवन पौडेल सिपिएमा र कोषाध्यक्षमा पशुपति श्रेष्ठ रहेका छन् । बोर्ड अफ डाइरेक्टरमा जनक भण्डारी, ज्ञानेन्द्र ढकाल, राधा शर्मा, अर्जुन खड्का, खमलाल भट्ट, गीता लामा, निनम्मा राई, अम्बिका डिसी, गंगाराज शर्मा पौडेल, विजय ढुंगाना, अञ्जना शाह, रामकुमार श्रेष्ठ र अमेरिकाका केशवराम राई रहेका छन् ।
एम्बेस्डरमा राजा घले, विजय मोक्तान, जुनु गुरूङ, सुनिता शर्मा खरेललगायत चुनिएका छन् । त्यसैगरी नारायण श्रेष्ठ, देव गुरूङ, किरण सिग्देल, पासाङ लामा, गीता लामा, अशोकसिंह नेपाली, कुमार शर्मा, प्रवीन प्रजापति, रामकुमार श्रेष्ठ, सानुराजा महर्जन, बमबहादुर लामा, श्यामकृष्ण गुरूङ, भोला लामिछाने, राजकुमार विष्ट, याम अधिकारी, रामचन्द्र भट्ट, विधान लामा, हरि कार्की, घनश्याम खड्का, विकेश श्रेष्ठ, गोविन्दप्रसाद पौडेल, अशोक श्रेष्ठलगायत चुनिएका छन् ।
पुनःनिर्वाचित अध्यक्ष लामाले भावी कार्ययोजना प्रस्तुत गर्दै कार्ययोजना उत्पादन, पर्यटनसँगै प्रत्यक्ष जनस्तर उकास्न लागिपर्ने र विभिन्न परियोजना सुरू भैसकेको जानकारीसमेत दिए ।
कार्यक्रममा कलाकार बसन्ती राई, गोमा योञ्जन, संजोक योञ्जन, आङ्गगेलु शेर्पा विक्रम जङ्गले प्रस्तुति दिएका थिए । ‘हामी नेपाली ग्लोबल’को अर्को सम्मेलन बेल्जियममा गर्ने घोषणा पनि गरिएको छ ।
प्रतिक्रिया