मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नयाँ दिल्लीमा विगत छ वर्षयता सबैभन्दा बढी प्रदूषण

नयाँ दिल्लीमा विगत छ वर्षयता सबैभन्दा बढी प्रदूषण


याँ दिल्ली । नोभेम्बरका केही दिनहरूमा दिल्लीको वायु प्रदूषणको स्तर अत्यधिक नराम्रो रहेको भारतीय वायु स्तर मापन एक निकायले जनाएको छ । 
 
नोभेम्बरमा कुल ११ दिनमा वायु प्रदूषणको मात्रा अत्यधिक नराम्रो रहेको उक्त संस्थाले जनाएको छ । यो सन् २०१६ को नोभेम्बरको १० दिनभन्दा बढी हो। त्यसो त तथ्याङ्कले नोभेम्बरमा एक दिन पनि दिल्लीमा राम्रो वायुको स्तर नभएको देखाएको बीबीसीले उल्लेख गरेको छ ।
 
विज्ञहरूले नजिकका राज्यहरूमा खेतमा पराल जलाउँदा र दिपावालीका कारण नोभेम्बरमा वायु प्रदूषण उच्च भएको बताएका छन् । भारतमा सन् २०१५ देखि मात्रै वायु प्रदूषण मापन गर्न सुरु गरिएको हो ।
 
लम्बिएको मनसुनले पराल बाल्ने कार्यलाई नोभेम्बरमा धकेलेको कारण वायु प्रदूषण बढेको वायु स्तर मापनसम्बन्धी निकायका डा। गुफ्रान वेगलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 
 
“गएका वर्षहरूमा भन्दा यो वर्ष नोभेम्बरमा धेरै वायु प्रदूषण देखिनुमा दिपावलीका अवसरमा हुने गतिविधि र किसानले खेतमा  मलका लागि नल पराल ९छापो० प्रमुख कारका हुन्,” उनले बताए ।
 
नासाको भूउपग्रह तथ्याङ्कले पन्जाब, हरियाणा र उत्तर प्रदेशमा अक्टोबर १ देखि नोभेम्बर २८ सम्म ९०,९८४ स्थानमा परालमा आगो लगाइएको देखाउँछ। काउन्सिल अफ इनर्जी, एन्भार्नमेन्ट एन्ड वाटरका अनुसार यो विगत पाँच वर्षको तुलनामा उच्च सङ्ख्या हो ।
 
दिपावालीको दिन प्रतिबन्धलाई अटेर गर्दै दिल्लीवासीले पटाकाहरू बाल्दा त्यसको भोलिपल्ट त्यहाँको वायु प्रदूषण उच्च स्तरमा पुगेको थियो ।
 
प्रत्येक वर्ष वायु प्रदूषणका लागि जिम्मेवार गहुँ खेतीका लागि खेत तयार गर्न खेतमै पराल बाल्ने कार्य पनि प्रतिबन्धित छ तर यसलाई कडाइका साथ लागु गर्न सकिएको छैन ।
 
किसान आन्दोलनका कारण सङ्घीय सरकार पराल बाल्ने कार्यमाथि प्रतिबन्ध हटाउन सहमत भएपछि यो समस्या आउने वर्षहरूमा अझ नराम्रो हुने सङ्केत देखिएको छ । दिल्लीमा पिएम २.५ भनिने प्रदूषकको स्तर विश्व स्वास्थ्य सङ्गठनले सुरक्षित भनी तोकेकोभन्दा निकै माथि छ ।
 
हालै भारतमा गरिएको एक अध्ययनले बालबालिकालाई वायु प्रदूषणका कारण मोटोपन हुनसक्ने र त्यसले श्वासप्रश्वाससम्बन्धी रोगको जोखिममा पार्ने देखाएको छ । एजेन्सी