मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

बेलायतमा कोरोनाको भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि थप प्रतिबन्धको घोषणा

बेलायतमा कोरोनाको भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि थप प्रतिबन्धको घोषणा


न्डन । हालै अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि बेलायतले थप प्रतिबन्धहरुको घोषणा गरेको छ । प्राप्त समाचारहरुमा बेलायतले अहिलेको भन्दा थप कडा प्रतिबन्धहरुको घोषणा गरेको हो । त्यस्तै बेलायत आउने अरु देशका उडानहरुमा पनि निगरानी गरिएको छ ।
 
बेलायत आउने हरेक यात्रुले दुई दिन मात्र यताको स्वास्थ्य रिपोर्ट अनिवार्यरुपमा देखाउनुपर्ने र बेलायत पुगेपछि पनि पिसिआर टेष्ट गरिने छ । यसरी गरिएको परीक्षणमा यदि कोरोना भाइरस पोजेटिभ देखिएमा आफैँ आइसोलेसनमा बस्नुपर्ने र नेगेटिभ रिपोर्ट आएपछिमात्र बाहिर निस्किन पाउने बताइएको छ ।
 
हालै अफ्रिकामा देखिएको भनिएको नयाँ भाइरस बेलायतमा देखिएको कुरा यहाँका स्वास्थ्यमन्त्री सजिद जाभिदले जानकारी दिएका छन् । यो भाइरसको सङ्क्रमण देखिएका दुई जनालाई आइसोलेसनमा राखिएको र उनीहरुको थप स्वास्थ्य अनुसन्धान जारी रहेको पनि उनले बताए । 
 
बेलायतका प्रधानमन्त्रीले यो भाइरसको प्रभाव अहिलेको भन्दा निकै खतरनाक रहेको भन्दै थप प्रतिबन्धहरुका बारेमा जानकारी दिएका हुन् । उनले हाललाई विदेशबाट आउने उडानहरुमा सतर्कता अपनाइने र यात्रुहरुको पिसिआर परीक्षणलाई अनिवार्य गरिने जानकारी दिए । 
 
साथै बेलायतमा यात्राका क्रममा तथा सार्वजनिक यातायातमा अनिवार्यरुपमा मास्कको प्रयोग गर्नुपर्ने नियम पनि सार्वजनिक गरिएको बताइएको छ । एजेन्सी