मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

इजरायलद्वारा आफ्ना नागरिकलाई अफ्रिकी देशको भ्रमणमा प्रतिबन्ध

इजरायलद्वारा आफ्ना नागरिकलाई अफ्रिकी देशको भ्रमणमा प्रतिबन्ध


जेरुसेलम । हालै अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि इजरायलले आफ्ना नागरिकलाई अफ्रिकी देशहरुको भ्रमणमा प्रतिबन्ध लगाएको छ । 
 
प्राप्त समाचारहरुमा इजरायलले हाल कुनै थप प्रतिबन्धहरुको घोषणा गरेको त छैन तर हालका लागि अफ्रिकी देशहरुको भ्रमणमा आफ्ना नागरिकहरुलाई रोक लगाएको जनाएको छ ।
 
बिहीबार इजरायलले सात ओटा अफ्रिकी देशलाई रातो सूचीमा राखेर ती देशको यात्रामा प्रतिबन्ध गरेकामाा शनिबार सबै अफ्रिकी देशमा नजान आफ्ना नागरिकमाथि प्रतिबन्ध लगाएको हो । 
 
त्यस्तै इजरायलले हाल करिब ५० ओटा अफ्रिकी देशहरुमा रहेका आफ्ना नागरिकहरुलाई पनि स्वदेश फर्किन भनेको छ । इजरायलले भनेको छ कि आफ्ना नागरिकहरु ती अफ्रिकी देशमा रहेका भए कम्तीमा सात दिनभित्रमा स्वदेश फर्किन पनि भनेको छ ।
 
यो नयाँ भेरियन्ट विश्वका विभिन्न देशहरुमा देखिन थालिसकेको समाचारहरु आएका छन् । उता यो भेरियन्ट भेटिएपछि बेलायतले अहिलेको भन्दा थप कडा प्रतिबन्धहरुको घोषणा गरेको छ ।त्यस्तै अष्ट्रेलियामा पनि अफ्रिकी देशहरुबाट हुने यात्रमा कडाइ गरिएको छ । अष्ट्रेलियाले अरु देशबाट आउने उडानहरुका साथै विशेष गरी अफ्रिकी देशको यात्रामा थप निगरानी बढाइएको जनाएको छ ।
 
हालै अफ्रिकामा देखिएको यो भेरियन्ट अहिलसम्मकै सबैभन्दा बढी खतरनाक पाइएको अनुसन्धानबाट देखिएको छ । यो भेरियन्ट देखिएपछि यसको अनुसन्धान सुरु भएको बताइएको छ । एजेन्सी