मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोनाको नयाँ संस्करण भित्रिन नदिन अष्ट्रेलिया प्रवेशमा फेरि कडाइ

कोरोनाको नयाँ संस्करण भित्रिन नदिन अष्ट्रेलिया प्रवेशमा फेरि कडाइ


क्यानबेरा । अष्ट्रेलियाले दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ संस्करण भित्रिन नदिनका लागि नाकाबन्दी गर्न सक्ने जनाएको छ । 
 
अष्ट्रेलियाका स्वास्थ्यमन्त्री जर्ज हन्टले नयाँ संस्करणको कोरोना भाइरसको बारेमा अध्ययन भइरहेको र विज्ञ तथा सरोकारवालाहरुको सुझावका आधारमा सिमानामा आवात जावतका बारेमा निर्णय गरिने स्पष्ट पारे । 
 
“सरकारले सीमा क्षेत्रमा प्रतिबन्धात्मक केही नयाँ व्यवस्था गर्न सक्छ, यस बारेमा अध्ययन र छलफल भइरहेको छ,” उनले भने । पत्रकारहरुसँगको अन्तरक्रियाका क्रममा उनले नौ दक्षिण अफ्रिकी मुलुकहरुबाट अष्ट्रेलियामा हुने सबै उडान पनि बन्द गर्ने संभावना पनि रहेको स्पष्ट पारे । 
 
उनका अनुसार सरकारले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोट्सवाना, मालावी, मोजाम्बिकलगायतका देशहरुबाट अष्ट्रेलिया आउने उडान रद्द गर्ने संभावना रहेको छ । तत्कालका लागि भने ती देशबाट आउनेहरुलाई उच्च सतर्कताका साथ जाँच गर्न र कुनै सङ्क्रमण र खतरा छैन भन्ने सुनिश्चिता गर्न निर्देशन दिइसकिएको पनि उनले बताए । 
 
त्यसैगरी अष्ट्रेलियाको नागरिक नभएको, अष्ट्रेलिया निवासी नभएको, आश्रितहरु अष्ट्रेलियामा नभएकोलगायतलाई अष्ट्रेलिया प्रवेशमा रोक लगाइसकिएको पनि स्वास्थ्यमन्त्री हन्टले जानकारी दिए । 
 
तर, अष्ट्रेलियाको नागरिक भएको, अष्ट्रेलिया निवासी भएको, आश्रितहरु अष्ट्रेलियामा भएकोलगायतलाई भने अष्ट्रेलिया प्रवेश गर्न दिइए पनि कम्तीमा १४ दिन क्वारेन्टिन अनिवार्य रुपमा बस्नुपर्ने व्यवस्था गरिएको छ ।
 
स्वास्थ्यमन्त्री हन्टले अहिलेसम्म अष्ट्रेलियामा कोरोना भाइरसको नयाँ संस्करण ओमिक्रोन नभेटिएको दाबी पनि गरे । तर, पुरानै संस्करणको कोरोना भाइरसको सङ्क्रमण भने अझै पनि फैलिइरहेको छ । पछिल्लो २४ घन्टामा अष्ट्रेलियामा एक हजार ४०० भन्दा बढी मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । एजेन्सी