मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोनाको नयाँ संस्करणका कारण बेलायतद्वारा छ मुलुकमा उडान सेवा बन्द

कोरोनाको नयाँ संस्करणका कारण बेलायतद्वारा छ मुलुकमा उडान सेवा बन्द


ण्डन । बेलायतले कोरोना भाइरसको नयाँ संस्करण पत्ता लागेको समाचार सार्वजनिक भएसँगै विभिन्न छ मुलुकसँगको हवाइ सेवा बन्द गरेको छ । 
 
यही शुक्रबार मध्याह्न १२ बजेदेखि ती देशहरूलाई खतरापूर्ण मुलुकको सूचीमा राखेर ती आवत जावत बन्द गर्ने निर्णय गरिएको बेलायतका स्वास्थ्यमन्त्री साजिद जावेदले जानकारी दिए । 
 
ओमिक्रोन नाम दिइएको नयाँ संस्करणको कोरोना भाइरस भेटिएको पुष्टि भएका र भेटिन सक्ने खतरा रहेका देशहरुबाट हुने उडान बेलायतमा प्रतिबन्ध लगाइएको हो । 
 
नयाँ भाइरस आफ्नो देशमा नभित्रियोस् भन्ने उद्देश्यले बेलायतले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्बे, बोत्स्वाना, लेसेथो र इस्वाटिटीसँगका सबै उडानहरु स्थगित गरेको हो।
 
अधिकारीहरुका अनुसार अहिलेसम्म सो नयाँ भाइरस दक्षिण अफ्रिका, हङकङ र बोत्स्वाना गरी तीन देशमा कुल ५९ जनामा मात्रै पुष्टि भएको छ ।
 
अहिलेसम्म पुष्टि भएकामध्ये सबैभन्दा खतरापूर्ण भइरस भएकाले र अहिले खोपले पनि काम गर्न नसक्ने भएकाले बेलैमा उच्च सतर्कता अपनाउनु परेको अधिकारीहरुको भनाइ छ। 
 
त्यसैगरी पछिल्लो १० दिनभित्र ती देशमा गएर फर्किएका यात्रुलाई पनि बेलायत प्रवेशमा रोक लगाइएको छ । तर बेलायती नागरिकलाई भने उच्च सतर्कताका साथ परीक्षण गराएर क्वारेन्टिनमा राखेर मात्रै गन्तव्यमा जान पाउने व्यवस्था गरिएको छ । एजेन्सी