मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

एमाले कम्युनिस्ट आन्दोलनबाट पतन भएपछि एमालेबाट विद्रोह : माधव नेपाल

एमाले कम्युनिस्ट आन्दोलनबाट पतन भएपछि एमालेबाट विद्रोह : माधव नेपाल


र्णाली । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले कम्युनिस्ट आन्दोलनबाट पतन भएका कारण आफूहरुले विद्रोह गरेको बताएका छन् । 
 
समाजवादी प्रेस सङ्गठन सुर्खेतद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले एमाले विकृति, विसङ्गति, व्यक्तिवाद र गुटबन्दीमा लिप्त भएकाले आन्दोलन रक्षाका लागि विद्रोह गर्नुपरेको बताए । 
 
तत्काल कुनै पार्टीसँग एकता नहुने र पार्टी सङ्गठन निर्माणलाई पहिलो प्राथमिकता राख्ने भन्दै उनले भने, “अन्य पार्टीबाट आउन चाहनेका लागि वार्ता र छलफल भइरहेको छ तर अहिले नै हामी अन्य पार्टीसँग एकता गर्दैनौँ ।” एमालेले भोलिदेखि चितवनमा हुन लागेको दशौँ महाधिवेशनमा अतिथि वक्ताका रूपमा बोलाएन, तपाईंको सन्देश के छ ? भन्ने प्रश्नमा उनले भने, “नजाने बाटोका बारेमा नसोधेकै राम्रो ।” 
 
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सर्वोच्च अदालतमा देखिएको विवाद समाधानका लागि उचित निर्णय लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मा दिएको बताए । नेकपा (एकीकृत समाजवादी) को कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्न अध्यक्ष नेपाल, महासचिव डा वेदुराम भुसाल, प्रमेश हमालसहित नेता सुर्खेत आइपुगेका हुन् ।  रासस