मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

इक्वेडरको कारागारमा झडप, ६८ जनाको मृत्यु

इक्वेडरको कारागारमा झडप, ६८ जनाको मृत्यु


क्वेडर । इक्वेडरको कारगारमा भएको झडपमा परी कम्तीमा ६८ जनाको मृत्यु भएको छ । कारागारभित्रकै दुई समूहका बीचमा भएको झडपका क्रममा उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । कारागारभित्र झण्डै ७०० कैदी रहेका जनाइएको छ । 
 
यसअघि लिटोरल पेनीटेन्टीयरीभित्र रहेको सोही कारागारमा गत सेप्टेम्बरमा भएको झडपमा पनि ११९ जनाको मृत्यु भएको थियो । यो वर्ष मात्रै इक्वेडरका कारागारहरूभित्र भएका झगडामा झन्डै ३०० कैदीको मृत्यु भइसकेको छ ।
 
अहिलेको झडप भने शुक्रवार साँझ सुरु भएको थियो । झडपलाई नियन्त्रण गर्न कारागारभित्र गएको प्रहरीले बन्दुक, विस्फोटक पदार्थ र धारिला हतियारहरू फेला पारेको थियो । शनिवार पनि विवाद कायम रहेपछि कारागारबाहिर सैनिक परिचालन गरी कारागारलाई बाहिरबाट थप सुरक्षा दिइएको थियो । 
 
घटनामा परी अरु २५ जना घाइते भएका प्रहरीले जनाएको छ । घटनामा परी मृत्यु भएकाहरुको नामावली कारागारबाहिर टाँसिएको छ । मृतकहरूको सूची हेर्न कैदीका नातेदार तथा साथीहरुको भिड लागेको छ । 
 
कारागार भित्रको एउटा समूहका नाइके रिहा भए पछि उनको सट्टामा कस्ले नेतृत्व गर्ने भन्ने बारेमा सुरु भएको विवादले झडपको रुप लिएको हो । घटनाप्रति राष्ट्रपति गुलेमो लास्सोले दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले अराजकताबाट फाइदा लिने समूहलाई नियन्त्रण गर्न नयाँ व्यवस्थाको आवश्यकता रहेकोमा पनि जोड दिएका छन् । 
 
इक्वेडरका कारागारहरूका क्षमताभन्दा ९,००० बढी कैदीहरू रहेका अधिकारीहरूले बताउने गरेका छन् । एएफपी

शेयर गर्नुहोस:

216
Shares