मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

निगमको टिकटबाटै युरोप, अष्ट्रेलिया र एशियाका गन्तव्यमा हवाई यात्रा गर्न पाइने

निगमको टिकटबाटै युरोप, अष्ट्रेलिया र एशियाका गन्तव्यमा हवाई यात्रा गर्न पाइने


काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को टिकटबाट युरोप, अष्ट्रेलिया र एशियाका विभिन्न गन्तव्यमा हवाईयात्रा गर्न पाइने भएको छ । 
 
नेपाल एयरलाइन्सले सिधा उडान नहुने गन्तव्यमा उडानका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता गरेसँगै यस्तो सुविधा पाइने भएको हो । सम्झौताअनुसार अब युरोपका विभिन्न शहर, अष्टे«लियाको सिड्नी, दक्षिण कोरियाको सोल, कुवेत र बहराइनसम्म यात्रा गर्न सकिने निगमले जनाएको छ ।
       
निगमका प्रवक्ता करिश्मा श्रेष्ठले सम्झौताबाट एक अर्का वायुसेवाका क्षेत्रमा यात्रुलाई सेवा प्रदान गर्न सहज हुने बताइन् । सकेसम्म कम ट्रान्जिट समय प्रयोग गरी गरिएको सम्झौतामार्फत यात्रुलाई थप सहजता मिल्ने उनको भनाइ छ ।
       
टिकटसम्बन्धी नयाँ व्यवस्थाले निगमलाई थप आय हुने र अन्तर्राष्ट्रिय बजारमा नेपाल एयरलाइन्सको साख बढ्ने निगमको अपेक्षा छ । टिकट निगमको केन्द्रीय कार्यालय र ट्राभल एजेन्सीबाट काट्न सकिने निगमले विज्ञप्तिमार्फत जनाएको छ । 
 
यसका साथै निगमले अमेरिकाका विभिन्न शहरमा यस प्रकारको सम्झौताबाट यात्रुलाई सेवा प्रदान गर्न विभिन्न वायुसेवासँग समन्वय गरिरहेको पनि जानकारी दिएको छ । 
 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशन तथा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको सुझाव र सक्रियतामा निगमले विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता गरेको हो । गन्तव्य र एयरलाइन्सको विवरण तलको तालिकामा उल्लेख गरिएको छ ।
      
क्र.सं. क्षेत्र                                                वायुसेवा
१ काठमाडौँ–बैंकक–सोल           नेपाल एयरलाइन्स–थाइ एयरवेज
२ काठमाडौँ–बैंकक–सिड्नी           नेपाल एयरलाइन्स–थाइ एयरवेज
३ काठमाडौँ–बैंकक–टोक्यो           नेपाल एयरलाइन्स–अल निप्पोन एयरलाइन्स
४ काठमाडौँ–दोहा–कुवेत           नेपाल एयरलाइन्स–कुवेत एयरवेज
५ काठमाडौँ–दुबई–कुवेत           नेपाल एयरलाइन्स–कुवेत एयरवेज 
६ काठमाडौँ–दुबई–जुरिच           नेपाल एयरलाइन्स–इमिरेट्स
७ काठमाडौँ–दुबई–लण्डन           नेपाल एयरलाइन्स–इमिरेट्स
८ काठमाडौँ–दुबई–फ्र्याङ्कफर्ट   नेपाल एयरलाइन्स–इमिरेट्स
९ काठमाडौँ–दुबई–पेरिस           नेपाल एयरलाइन्स–इमिरेट्स
१० काठमाडौँ–दुबई–बहराइन           नेपाल एयरलाइन्स–इमिरेट्स