मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

कोलोराडोमा दशैं–तिहार शुभकामना कार्यक्रम सम्पन्न

कोलोराडोमा दशैं–तिहार शुभकामना कार्यक्रम सम्पन्न


कोलोराडो, अमेरिका । हिन्दुहरुको महान चाड विजया दशमी तथा शुभ दीपावलीको अवसरमा कोलोराडो निवासी नेपालीहरुले सांस्कृतिक कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान गरेका छन् ।
 
नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस् अफ नेपालको आयोजनामा तथा गायक अनिश ओकेलीको विशेष आतिथ्यतामा, स्थानीय  कलाकारहरुका माझ उनीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै महान चाड मनाएका हुन् ।
 
नेपाल र अमेरिकाको राष्ट्रिय गान गाएर तथा संस्थाका अध्यक्ष टीका पौडेल र निर्वतमान अध्यक्ष विनोद त्रिपाठीद्वारा संयुक्त्तरुपमा पानसमा बत्ती बालेर सुरु गरिएको कार्यक्रममा कोलोराडोमा सक्रिय संघसंस्थाका पदाधिकारी, गन्यमान्य, व्यवसायी, बुद्धिजीवी, कलाकार, साहित्यकार, पत्रकार तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
 
आयोजक संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति टीका पौडेलले  कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै महान चाडहरुको शुभकामना बाँडेका थिए । सोही मञ्चमा समीर आचार्यको नेतृत्वमा कार्यक्रम आयोजक संस्थाका पदाधिकारीहरुले दर्शकसामु देउसी खेलेका थिए ।
 
कार्यक्रमको दोश्रो चरणमा सांस्कृतिक कार्यक्रम सञ्चालन भएको थियो । स्थानीय कलाकारहरुले नेपाली संगीतमा कुशल नृत्य प्रस्तुत गरेका थिए । यसरी नृत्य प्रस्तुत गर्ने कलाकारहरुमा दिलाषा कार्की, प्रियांका श्रेष्ठ, गीता कडायत, साबु गुरुङ र आँचल सापकोटा रहेका छन् । 
 
त्यसैगरी स्थानीय गायक तथा गायिकाहरु मनोजकाजी तुलाधर, सम्झना पाण्डे, दीपक गौतमलगायतका कलाकारहरुले लोक, राष्ट्रिय तथा आधुनिक गीत गाएर दर्शकको मन जितेका थिए । कार्यक्रमको अन्त्यमा विशेष अतिथि गायक अनिश ओकेलीले चर्चित गीतहरु यो मन तिमी संगाली देऊ न, पोल्छ मायाले, इलाममा मोटर चलाउँदा लगायतका आधा दर्जनभन्दा बढी गीत गाएर सहभागीहरुलाई नचाएका थिए ।
 
संस्थाका कल्चर सेक्रेटरी आकृति राई अधिकारी र बोर्ड अफ डिरेक्टर अर्जुन बगालेद्वयले कार्यक्रम सञ्चालन गरेका थिए भने साउण्ड सिस्टम विजय अधिकारीले सम्हालेका थिए । 
 
कार्यक्रमको अन्त्यमा सबै कलाकारहरुलाई अध्यक्ष टीका पौडेल र निर्वतमान अध्यक्ष विनोद त्रिपाठीले संयुक्तरुपमा  खादा लगाएर प्रशंसापत्रबाट सम्मान गरेका थिए । संस्थाले कार्यक्रममा उपस्थित सबैलाई स्वादिष्ट भोजनको व्यवस्थासमेत गरेको थियो ।