मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

पार्टीभित्र कुनै असन्तुष्टि छैन : महामन्त्री डा. महत

पार्टीभित्र कुनै असन्तुष्टि छैन : महामन्त्री डा. महत


काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेसको आगामी १४औँ महाधिवेशनमा महामन्त्रीमा उमेदवारी दिने मनसाय व्यक्त गरेका छन् । 
 

आफूनिकट पत्रकारसँगको भेटका क्रममा उनले आफूले महामन्त्रीमा उमेदवारी दिने मनसाय रहेको तर औपचारिक घोषणा भने नगरेको बताएका छन् । यस विषयमा पार्टीका अन्य साथीहरुसँग छलफलका क्रममा रहेको उनले बताए । 

 
उनले पार्टीभित्र एउटा छलफल गर्ने र बाहिर आफूखुसी उमेदवारी घोषणा गर्ने परिपाटी रहेको भन्दै यस विषयमा छलफलपश्चात् नै औपचारिक धारणा व्यक्त गर्ने बताए । 
 
उनले पार्टीभित्र कुनै असन्तुष्टि नरहेको र निर्धारित समयभित्रै महाधिवेशन हुनेमा आफू विश्वस्त रहेको बताए ।  
 
न्यायालयभित्र रहेको असन्तुष्टि अदालतबाटै सम्बन्धित स्कटहोल्डरबाट निकास निकाल्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘संविधानको सीमा नाघेको अवस्थामा मात्र पार्टीले धारणा बनाउने हो । न्यायालयभित्रको असन्तुष्टि वार्ताबाटै निकास निकाल्नुपर्छ ।’ 
 
एमसिसी संसद्बाट पास गर्नुपर्ने विषयमा हिमालय खबरले सोधेको प्रश्नमा उनले भने, ‘परराष्ट्र सम्बन्धमा एउटै नीति बनाइनुपर्छ । हामीले देशैपिच्छे अलग मापदण्ड बनाऔँ भने देशको लागि राम्रो हुँदैन । हामीले चीन, भारत, अमेरिका, जापान, युरोप जुनसुकै राष्ट्रसँग सहयोग लिँदा एउटै मापदण्ड अपनाउनुपर्छ । आफ्नो देशको हितलाई केन्द्रित गरेर नीति बनाइनुपर्छ ।’  
 
एमसिसी सहयोगको विषयमा पनि अनावश्यक अफवाह फैलाइएको उनको भनाइ थियो । एमसिसी अनुदानअन्तर्गत आउने सहयोगको तुलनात्मक अध्ययन नै नगरी जनतालाई भ्रमित गर्ने प्रोपोगान्डा भइरहेको उनले बताए । 
 
एमसिसीको सम्बन्धमा उठेको आशंकालाई अमेरिकी सरकारले स्पष्ट पारिसकेकोले अब एमसिसी प्रक्रिया अगाडि बढ्ने उनले बताए ।