प्रवास

महामारीका क्रममा आर्थिक क्षेत्रलाई सहुलियत दिने जापानी प्रधानमन्त्रीको प्रतिबद्धता

प्रकाशित |
टोकियो । जापानी प्रधानमन्त्री फुमिओ किसीदाले जापानको आर्थिक विकासमा आफूले गति दिने प्रतिबद्धता व्यक्त गरेका छन् । 
 
उनले जापानमा कोरोना भाइरसको महामारीका कारण उत्पन्न भएको आर्थिक मन्दीको अवस्थामा आफूले परिवर्तन ल्याउने बताए । उनले जापानमा आम निर्वाचनको अभियानको सुरुवात गर्दै सो कुरा बताएका हुन् । 
 
उनले भने– जापानमा महामारीका कारण आर्थिक अवस्थामा असर पारेको छ र त्यसको पूर्तिका लागि मैले आर्थिक प्याकेजहरु ल्याउने प्रण गर्दछु । 
 
आफूले यसअन्तर्गन अरबौँ रुपैयाँको यस्तो आर्थिक प्याकेज ल्याउने र महामारीका कारण प्रभावित भएका यहाँका कम्पनीहरुलाई सहयोग गर्ने पनि उनले बताए । 
 
जापानमा पनि पछिल्लो समयमा कोरोना भाइरसको प्रभाव बढी मात्रामा देखिएको छ र यसबाट नागरिकहरु प्रभावित भएका छन् । 
 
साथै, यहाँका कम्पनीहरुमा भाइरसको प्रकोपले आर्थिक क्षति गराएको बताइएको छ । ती कम्पनीहरुले सरकारसँग आर्थिक सहायताको माग गरिरहेका छन् । एजेन्सी

यो पनि पढ्नु होला>> आन्तरिक राजनीतिको गोटी बनाइदैछ एमसिसीलाई । जनताबीच एक आपसमा लडाउने र भीडाउने हतियार बनाइदैछ एमसिसीलाई -रामचन्द्र भट्ट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया