मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

रुसमा कोरोनाबाट एकैदिनमा ९२९ भन्दा बढीको मृत्यु

रुसमा कोरोनाबाट एकैदिनमा ९२९ भन्दा बढीको मृत्यु


मस्को । रुसमा बुधबार एकैदिनमा कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्मकै सवैभन्दा धेरै जनाको मृत्यु भएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार रुसमा ९२९ जनाको मृत्यु भएको छ । योसँगै रुसमा अहिलेसम्म कुल मृतकको सङ्ख्या दुई लाख १२ हजार ६२५ पुगेको छ । 
 
कोरोनाभाइरसको डेल्टा भेरियन्ट फैलिएकाले र कोरोनाभाइरसविरुद्धको खोप लगाएकाहरुको सङ्ख्या कम भएकाले पनि मृतकहरुको सङ्ख्या अत्यधिक धेरै भएको बताइएको छ । 
 
अधिकारीहरुका अनुसार अहिलेसम्म रुसका ३० प्रतिशतले मात्रै कोरोनाभाइरस विरुद्धको पूर्ण खोप लगाएका छन् । यसअघि मंगलबार पनि अहिलेसम्मकै सवैभन्दा धेरैको मृत्यु भएको विवरण स्वास्थ्य अधिकारीहरुले सार्वजनिक गरेका थिए । 
 
रुसमा पछिल्लो समय कोरोनाभाइरसको महामारी थप फैलिदै गएको छ । एजेन्सी