बिश्व घटना

रुसमा कोरोनाबाट एकैदिनमा ९२९ भन्दा बढीको मृत्यु

रुसमा कोरोनाबाट एकैदिनमा ९२९ भन्दा बढीको मृत्यु


मस्को । रुसमा बुधबार एकैदिनमा कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्मकै सवैभन्दा धेरै जनाको मृत्यु भएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार रुसमा ९२९ जनाको मृत्यु भएको छ । योसँगै रुसमा अहिलेसम्म कुल मृतकको सङ्ख्या दुई लाख १२ हजार ६२५ पुगेको छ । 
 
कोरोनाभाइरसको डेल्टा भेरियन्ट फैलिएकाले र कोरोनाभाइरसविरुद्धको खोप लगाएकाहरुको सङ्ख्या कम भएकाले पनि मृतकहरुको सङ्ख्या अत्यधिक धेरै भएको बताइएको छ । 
 
अधिकारीहरुका अनुसार अहिलेसम्म रुसका ३० प्रतिशतले मात्रै कोरोनाभाइरस विरुद्धको पूर्ण खोप लगाएका छन् । यसअघि मंगलबार पनि अहिलेसम्मकै सवैभन्दा धेरैको मृत्यु भएको विवरण स्वास्थ्य अधिकारीहरुले सार्वजनिक गरेका थिए । 
 
रुसमा पछिल्लो समय कोरोनाभाइरसको महामारी थप फैलिदै गएको छ । एजेन्सी