मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

मुलुकलाई ताजा जनादेशमा लानु नै उपयुक्त : अध्यक्ष ओली

मुलुकलाई ताजा जनादेशमा लानु नै उपयुक्त : अध्यक्ष ओली


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद् नियमितरूपमा सञ्चालन र सरकार विस्तार हुन नसक्ने स्थिति रहिरहने हो भने मुलुकलाई ताजा जनादेशमा लानु नै उपयुक्त भएको बताएका छन् । 
 
एमालेको आसन्न विधान महाधिवेशनका सन्दर्भमा विभिन्न सञ्चारमाध्यमका सम्पादक एवं वरिष्ठ पत्रकारसँगको छलफल कार्यक्रममा अध्यक्ष ओलीले यही सरकारले प्रतिनिधिसभाको कार्यकाल अगावै निर्वाचन गराए आफूहरु प्रतिपक्षमै रहेर सहभागी हुने स्पष्ट गरे ।  
 
पत्रकारको एक प्रश्नमा पूर्वप्रधानमन्त्री ओलीले भने, “संसद् र जनताको स्थिरता र समृद्धिको चाहनाका लागि दिइएको बहुमूल्य समय बर्बाद गर्नुहुँदैन । यस्तो अवस्थामा ‘अर्ली इलेक्सन’मा जान उपयुक्त हुन्छ ।” 
 
लोकतान्त्रिक प्रणालीमा जाँदा जनादेशमा जाने कुरालाई प्रतिगमन नभई अग्रगमन भन्नुपर्ने तर्क गर्दै उनले विगतमा प्रतिनिधिसभा विघटन गर्ने आफ्नो निर्णयलाई सर्वोच्च अदालतबाट पुनःस्थापना गराइएकामा आफूहरुले आलोचनासहित फैसलालाई मानेको स्पष्ट गरे । 
 
अध्यक्ष ओलीले संविधानमा भएको व्यवस्थाविपरीत नयाँ दल खोल्न पाउने अध्यादेश ल्याइएकामा विरोध गर्दै सो अध्यादेशलाई फिर्ता गर्दा पनि संसदीय प्रक्रियाको पालना नगरिएको टिप्पणी गरे ।  
 
अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौतालाई अनुमोदन गराउनुपरेमा नेपाली कांग्रेसलाई सघाउनुहुन्छ भन्ने प्रश्नमा अध्यक्ष ओलीले विगतमा कांग्रेस, माओवादी केन्द्रको गठनबन्धन सरकार भएका बेला उक्त सम्झौता भएकाले अहिले त्यसलाई कसरी अघि बढाउने भन्नेबारेमा सत्तापक्ष स्पष्ट हुनुपर्छ भनेर आफूले सदनमा स्मरण गराएको उल्लेख गरे । उनले त्यसबारे आफूहरुसँग सरकारले कुनै परामर्श नगरेकाले अहिले पार्टीले धारणा बनाइहाल्नु नपर्ने जिकिर गरे ।  
 
अध्यक्ष ओलीले आउने विधान महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य हुने विधान ल्याउने घोषणा गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा त्यसलाई विकसित गर्दै समाजवादोन्मुख प्रणालीमा मुलुकलाई लान पार्टीले अगुवाइ गर्ने जनाए । 
 
अध्यक्ष ओलीलाई सम्पादकहरुले तत्कालीन नेकपा र एमालेको विभाजन रोक्न  तथा अघिल्लो नेतृत्वको सरकार टिकाएर पाँच वर्ष सञ्चालन गर्न नसक्नुमा अध्यक्ष ओलीको काम गर्ने शैली वा व्यवहार जिम्मेवार हो होइन भन्नेलगायतका प्रश्न गरेका थिए । 
 
सम्पादकहरुले सञ्चार क्षेत्र सदैव आलोचक र जनपक्षीय हुने भएकाले यसले जुनसुकै सत्ताको पनि गलत कामबारे खबरदारी निरन्तर गर्ने स्पष्ट गरेका थिए । एमालेको पहिलो विधान महाधिवेशन यही असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुँदैछ । 
 
नेपाल प्रेस युनियन चितवनले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, “एमसीसीको विषयमा जनतामा भ्रम छ त्यसलाई चिरेर मात्र अगाडि बढ्नुपर्छ ।” 
 
राष्ट्रियताको विषयमा देखिएका विवाद पुनरावलोकन गर्नुपर्ने उनको भनाइ थियो । उनले थपे, “देशको विकासका लागि आउने बजेट हो । जनताको मन जितेर राष्ट्रियताको विषयमा देखिएको विवाद समाधान गर्दै अघि बढ्नुपर्छ ।”
 
नेता केसीले १४औँ महाधिवेशनका क्रममा संस्थापन इतरको समूहबाट एउटा मात्रै उम्मेदवार बन्नुपर्ने जोड दिए । एउटा मात्रै उम्मेदवार नभए आफू पनि सभापतिको उम्मेदवार बन्ने उनको भनाइ थियो ।  
 
उनले भने, “पार्टीलाई विधिसम्मत चलाउनका लागि संस्थापन इतरको एक जना मात्र सभापतिको उम्मेदवार बन्नुपर्छ ।” अहिले पार्टीभित्र व्यक्तिवाद हावी गर्न खोजिएको उनको आरोप थियो । रासस

शेयर गर्नुहोस:

270
Shares